एकदिनमा १५ हजारको नजर चपली हाइट २ टिजरमा


Filmy Kura, Jun 21, 2016 at 1:38 pm

chapali heightयतिबेला प्रोष्ट प्रोडक्शनको काम धमाधम भइरहेको फिल्म ‘चपली हाइट २’ को अफिसियल टिजरलाई युट्युवमा १५ हजार दर्शकले हेरेका छन् । टिजर सार्वजनिक गरेको मात्र एक दिन भएको छ । छिट्टै नै ट्रेलर दर्शकमाझ छाड्ने तयारीमा रहेको निर्माण पक्षले पूर्ण फिल्म भने भदौ ३ गते देशभरका हलमा हेर्ने व्यवस्था मिलाउदैछ ।

निर्देशक दीपेन्द्र के खनालले हिट फिल्म ‘चपली हाइट’ को सिक्वेलमा केही नयाँ प्रतिभालाई स्थान दिएका छन् । अर्जुन कुमार फिल्म्सको प्रस्तुतिमा तयार यो फिल्ममा आयुष्मान जोशी, मरिस्का पोखरेल, परमिता आरएल राना, रियर राई, मुना गौचनको अभिनय रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन, निर्माता समेत रहेका अर्जुन कुमारको संगीत, सूर्य थोकरको द्धन्द्ध ‘चपली हाइट २’ मा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?