पत्रकारको ठाडो प्रश्नमा श्रृष्टिको आक्रोश, सानो कुरालाई ठूलो नबनाऔ


Filmy Kura, Jun 21, 2016 at 2:24 pm

shristhi-shresthaफिल्मी दुनियाँ । यहाँ चर्चाको लागि जानाजान छोटो दुरी अपनाउनेको संख्यामा केही कमी छैन । चाहे ती पत्रकार हुन् वा कलाकार नै । कसरी हुन्छ आफ्नो अस्तित्व र पकड जमाउने खेलमा लागेका पत्रकार तथा कलाकार बेलाबखत एकअर्कामा जुहारी खेलेरै मिडियामा छाउछन् ।

सोमबार चितवनमा भएको घटना पनि त्यसकै एउटा नमुना हो । पत्रकारले प्रश्न गर्ने अधिकार प्रयोग गर्दा नरमपना नअपनाउनु अनि उत्तरकर्ताले म को हुँ भन्ने सम्मको हेक्का नराख्नु माहोल खल्बलिनुको मुख्य कारण बन्न पुग्यो सोमबार । पूर्व मिस नेपालको ट्याग भिरेकी श्रृष्टि श्रेष्ठले आक्रोश यसरी देखाइन कि पत्रकार सँगको सवाल जवाल उनका लागि बेकार छ । श्रृष्टिको दुर दृष्टि मिडियामाझ नहुनु र मिडियाकर्मी भनेर प्रस्तुत हुनेले संयमता नअपनाउनु आफैमा लज्जास्पद छ ।

यी र यस्ता घटना यस अघि नभएका होइनन् । यसर्थ आ–आफ्नो मानमर्यदातालाई ख्याल गरी अघि बढ्ने हो भने न पत्रकारको आलोचना हुन्छ न त कलाकारको नै ।

हेरौ पत्रकार र श्रृष्टिबीचको सवाल जवाल जसले माहोल खल्बलाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार