कविराजको डान्स स्टेपमा शिल्पा खुल्दा भिडियो बन्यो रंगिन


Filmy Kura, Jun 22, 2016 at 9:13 am

kabiraj-shilpaनेपाली फिल्म नगरीमा नृत्य निर्देशन तर्फ आफ्नो छुट्टै छवि बनाउन सफल युवा कोरियोग्राफर कविराज गहतराज कम्मरै मर्काउन नजान्ने हिरो हिरोइनका लागि समेत आफ्ना डान्स स्टेप मार्फत अचुक बनेर प्रस्तुत हुने गर्दछन् । यसर्थ फिल्मको गीत निर्देशनमा कविराजको केही नविन प्रयोग पाउन सकिन्छ । विशेषगरी डान्सीङ नम्बरमा उनको निर्देशकिय पक्ष निकै सबल र उत्कृष्ट हुने गरेको छ ।

नायिका शिल्पा पोखरेल र नायक पृथ्वीराज शर्मालाई कविराजले ‘किस्मत २’ को ‘पिक्चर हिट’ बोलको गीतमा यसरी नचाएका छन् कि भिडियो हेर्दा जो कोहीलाई नाचु नाचु लाग्न सक्छ । कोरस र लोकेशनलाई बढि ध्यान दिइएको यो गीतको भिडियो निकै रंगिन बनेको छ । बडा दशैको छेको पारी दर्शकमाझ आउन लागेको यो फिल्मको पहिलो भिडियो गीत नै यति शक्तिशाली बनेर आएको छ कि संगीतकार दीपक शर्मा, गायक कृष्ण काफ्ले र गायिका शहिमा श्रेष्ठको फ्यूजन गजबैले मिलेको कारण हुन सक्छ ।

नेपाली फिल्मको धरोहर छविराज ओझा निर्मित ‘किस्मत २’ लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।


One response to “कविराजको डान्स स्टेपमा शिल्पा खुल्दा भिडियो बन्यो रंगिन”

  1. nawaraj gahatraj says:

    very very bomblasting song in the nepali film industry,,,,,good job kabi,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)