फ्राइडे रिलिजमा लुकामारी र रिलेसन


Filmy Kura, Jun 24, 2016 at 2:12 pm

2 filmआज शुक्रबार देखि दुई नेपाली फिल्म रिलिज भएका छन् । ती दुई फिल्म हुन् रिलेसन र लुकामारी । दुई भिन्न स्वाद बोकेका फिल्मले शुक्रबार बिहानी शो मा नर्मल ओपनिङ गरेका छन् । कुरा सुरु रिलेसनबाट गरौ ।

सोसियल ड्रामा रिलेसनले खेल र समाजको कुरालाई प्रस्तुत गर्न खोजेको छ । तेक्वान्दो खेल आत्मरक्षाका लागि मात्र नभई समाजको सुरक्षाको लागि समेत अचुक बन्न सक्छ भन्ने सन्देश बोकेको यो फिल्मलाई दीपेन्द्र दाहालले निर्देशन गरेका हुन् । करिब डेढ दशक फिल्म क्षेत्रमा बिताएका दीपेन्द्र कमर्सियल फिल्म भन्दा चेतनामुलक फिल्ममा बढी लागिपरेका छन् । तेक्वान्दो खेलाडी समेत रहेका यूएस निवासी नेपाली नागरिक दिवाकार महर्जनले यो फिल्ममा लगानी लगाएका छन् । जो यो फिल्मका मुख्य कलाकार समेत हुन् । उनकै पहलमा अमेरिकी शहरमा समेत यो फिल्मको शो केही समय अघि गरिएको थियो । फिल्ममा दिवाकार सहित गीता अधिकारी सुशील पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

उता रिलेसन सँगै देखा परेको अर्को फिल्म हो लुकामारी । बुधबार फिल्मको पोखरा स्थित सिनेप्लेक्स हलमा प्रिमियर गरिएको थियो । राजधानीबाट प्रिमियर शो मा सहभागी हुन केही चलचित्र पत्रकार तथा फिल्म निर्माण यूनिट पोखरा गएको थियो । श्रीराम दाहाल निर्देशित फिल्म कमेडी र सस्पेन्सले भरिएको छ । फिल्ममा सौगात मल्ल, कर्मा शाक्य, सुरविना कार्की र रिस्ता बस्नेतको प्रमुख भूमिका दर्शकले पर्दामा हेर्न पाउनेछन् । रिलिज पूर्व सौगात र कर्माको संवाद अनि गेटअपको चर्चा कै कारण अधिकांश दर्शक हल पुगेको पाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)