पत्रकार सामु कलाकार पात्रमा प्रस्तुत, साउन मै भगाउदैछ झिल्केले सुन्तली


Filmy Kura, Jun 26, 2016 at 6:41 pm

surjani kc-susil sitaula-filmykraप्राय प्रेस मिटमा फिल्मका कलाकार औपचारिकता मै बाधिन चाहान्छन् तर एक फिल्मका कलाकार भने पत्रकार टोलीसँग पात्रमा प्रस्तुत भएका छन् । ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ नामक फिल्मले आज गरेको प्रेस मिटमा कलाकारलाई पात्र सहित प्रस्तुत गरेर केही नयाँ प्रयोग गरेको छ ।

13511003_1123866764342437_3936988954915286426_n साउन २१ रिलिज फिल्मका लाहुरे अर्थात कलाकार शिशिर भण्डारी कम्मरमा खुकुरी र काँधमा रेडियो भिरेर स्टेज उक्लिए अनि भने, ‘लाहुरे परियो मिठो मिठो चाख्ने बानी परेको छ ।’ उनले क्रमश सुन्तली, झिल्के अनि बलेलाई स्टेजमा डाके । यी फिल्मका कलाकार पात्रमा प्रस्तुत भए । टिपिकल नेपाली फिल्म जसले ३० वर्ष अगाडिको कल्चरलाई कमेडी ढंगबाट पस्कन खोजेको छ । मन र मुटु मिलेपछि अर्काको श्रीमती भगाउने परम्परालाई फिल्मले देखाउन खोजेको छ ।

सुन्तलीको भूमिकामा कलाकार सुरजनी केसी र झिल्केको रोलमा कलाकार सुशील सिटौलाले अभिनय गरेका छन् । यता पहिलो पटक फिल्ममा डबल रोलमा देखिएका छन् कलाकार सुशान्त कार्की । रीजा भुषाल फिल्मकी अर्की कलाकार हुन् ।

सबै कलाकारले फिल्म एकपटक हेरिदिन आग्रह गरे । पत्रकार भेटघाटमा फिल्मको प्रोमो र टाइटल सङ देखाइएको थियो । हुन त विवाहका लागि साउन महिना लगन नजुर्ने महिना हो तर अर्काको श्रीमती भगाउने चाहि उयुक्त समय हो भन्दा फरक पर्दैन किनकी यो फिल्मको टाइटल अनुसार साउन रिलिजले त्यहि संकेत गर्छ ।

फिल्मलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । यस अघि ‘मिस्टेक’ र ‘सपना तिम्रो मेरो’ निर्देशन गरेका आचार्यको यो तेस्रो फिल्म हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?