गरिमा ले भनिन्, ‘के मलाई एक्ली देखेर बलात्कार गर्न खोजेको ?’
Filmy Kura, Jun 27, 2016 at 2:59 pm
नायिका गरिमा पन्त तीन घुम्ती फिल्ममा ‘इन्द्रमाया’ को भूमिकामा छिन् । उनका सशक्त संवादले यतिबेला फिल्मको चर्चा चुलिदो छ । आइतबार निर्माण यूनिटले सार्वजनिक गरेको दोस्रो ट्रेलरमा उनले अरु सँग अनैतिक सम्बन्ध राखेको स्विकार गरिएको दृश्यलाई निकै फोकस गरिएको छ ।
उनले भनेकी छिन्, ‘के मलाई एक्ली देखेर बलात्कार गर्न खोजेको हो ?’ इन्द्रमाया अर्थात गरिमाले बोलेका यी डाइलगले नेपाली समाजको चित्रण गरेको छ । गरिमा सहित फिल्ममा ध्रुव दत्त र सुशान्त कार्कीको प्रमुख भूमिका रहेको छ ।
असार १७ रिलिज फिल्मलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् भने राकेश अडुकिया फिल्मका लगानीकर्ता हुन् ।
Leave a Reply