बोर्डले गर्यो पाइरेसी नियन्त्रण सदस्यमा क्रेजीलाई नियुक्त


Filmy Kura, Jun 27, 2016 at 5:58 pm

rajkumar rai-karan-filmykuraपछिल्लो समय फिल्म एकपछि अर्को भटाभट पाइरेसी भइरहेका छन् । यसको लागि चलचित्र क्षेत्र सँग जोडिएका संघ संस्थाले केही गरेनन् भन्ने आवाज बाक्लिन थालेको छ । यहि क्रममा चलचित्र बिकास बोर्ड पाइरेसी नियन्त्रणका लागि सक्रियताका साथ लागिपरेको छ ।

आज बिकास बोर्ड अध्यक्ष राजकुमार राईले चलचित्र वितरक तथा निर्माता करण श्रेष्ठ ‘क्रेजी’लाई पाइरेसी नियन्त्रण सदस्यमा नियुक्त गरेका छन् । चलचित्रको कपि राइस्ट लिने कम्पनीले नै पाइरेसी गर्न थालेपछि यसको प्रत्यक्ष घाटा निर्माताले ब्यहोर्दै आएका छन् ।

पाइरेसी नियन्त्रण समिति बनाएर बिकास बोर्डले सकारात्मक कदम चालेको छ । यस समितिले भोलिको दिनमा के कस्तो एक्सन लिने हो हेर्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?