म त तिम्रै हुँ फिल्मको गीतमा पढाइका कुरा (भिडियो)
Filmy Kura, Jun 27, 2016 at 6:29 pm
अभिनेत्री तथा निर्मात्री सुस्मिता केसीले निर्माण गरेको फिल्म ‘म त तिमै हुँ’ को अर्को गीत रिलिज गरिएको छ । कलेज जीवन र पढाईका प्रसंग कोट्याउन खोजिएको यो गीतमा हर्कुलस बस्नेतको संगीत तथा शब्द रचना रहेको छ । गीतमा अल्मोडा राना र सञ्जिमाले संयुक्त स्वर दिएका छन् ।
श्रीराम महत निर्देशित फिल्मले उमेर अन्तरको माया र त्यसले निम्त्याउने परिस्थितीलाई देखाउन खोजेको छ । श्रावणको पहिलो साता अर्थात ७ गतेबाट अल नेपाल रिलिज हुने यो फिल्मलाई युथ स्टार अनमोल केसीले लगानी गरेका हुन् ।
चलचित्रमा सुस्मिता केसी सँगै नव अनुहार आकाश श्रेष्ठ र ज्योत्श्ना योगीको प्रमुख भूमिका रहेको छ ।
Leave a Reply