रोपाईमा भेटिए दीपक र प्रियंका


Filmy Kura, Jun 28, 2016 at 12:12 pm

dipak-priyanka-filmykuraअसार मानो रोपेर मुरी फलाउने महिना हो । खेतका फाटमा बाउसे गर्दै धान रोप्ने यो सिजनमा किसानलाई त चटारो हुन्छ नै तर यहाँ हास्यकलाकार दीपकराज गिरी र नायिका प्रियंका कार्की पनि मौकाको फाइदा उठाएदै गरेको भेटियो ।

कलाकारितामा बिजी यी दुई बास्तवमा आफ्नै खेतमा धान रोपिरहेका भने थिएनन् । यी दुई त केबल भदौ २४ रिलिज फिल्म ‘छक्का पन्जा’ को एक गीतको दृश्यका लागि रोपाईमा सामेल भएका थिए ।

धानमा खेत रोप्दै गरेका दुईको काम हेर्दै थिए नृत्य निर्देशक कविराज गहतराज । यस अघि सार्वजनिक गीत ‘पूर्व पश्चिम रेल’ ले मार्केट तताइरहेको बेला अर्को सुदुर पश्चिम समुदायको प्रतिनिधित्व गर्ने गीतको लागि दीपक र प्रियंकाले रोपाईको दृश्य दिएका हुन् । फिल्मको निर्देशन भने हास्य अभिनेत्री दीपाश्री निरौलाले गरेकी छिन् ।

फिल्ममा दीपक र प्रियंका सहित जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?