मूल्याङ्कन हैन मिहेनत गर्ने गर्छु : एक्सन स्टार विराज भट्ट


Filmy Kura, Aug 4, 2016 at 2:53 pm

biraj bhattaअचेल कता व्यस्त हुनुहुन्छ ?

साउन २८ ‘जय पर्शुराम’ फिल्म रिलिज हुँदैछ । बिसुद्ध नेपाली फिल्म जून मैले पाँच वर्ष पछि आएर गरेको छु । त्यही फिल्मको प्रमोशनमा व्यस्त छु ।

यता डिमान्डेड हिरोका रुपमा रहदा रहदै नेपाली फिल्मलाई निराश बनाएर तपाई त भोजपुरी तिर भासिनु भयो नी ?

नेपाली दर्शकहरुलाई मैले निराश बनाएकै छैन । नेपालीहरुलाई त अझ मैले प्राउड गर्ने काम गरे । जून अर्को ईन्डष्ट्रिजमा गएर मैले काम गरे त्यहाँ पनि मैले हारिन । जितेरै आए । धेरै फ्यानले फोन गरेर भन्नुहुन्छ । मैले तपाईको पोस्टर मुम्बईमा देखेको थिए भनेर । नेपाली हिरो मुम्बई शहरको विभिन्न ठाउँमा पोस्टरमा छाउनु पनि ठूलै कुरा हो । कसैले लखनउमा देखे भन्नुहुन्छ कसले टिभीमा देखे भन्नुहुन्छ । हाम्रो नेपालको स्टार उता भोजपुरीमा पनि स्टार नै भयो भनेपछि दर्शकले यसलाई प्राउड कै रुपमा लिएको मैले पाएको छु ।

धेरै चलचित्रकर्मी तथा दर्शकले यता तपाईलाई मिस गरे । यो ५ वर्षको अवधीलाई कसरी सम्झिनुहुन्छ ?

मिस त मैले पनि नेपाली फिल्म ईन्डष्ट्रिजलाई हमेशा गरिरहे । किनकि आफ्नो देश आफ्नो माटो आफ्नो फिल्म । ५ वर्ष ग्याप राख्नुको पछाडि कुनै त्यस्तो आर्थिक कारण भने थिएन । मेरो सिनेमाहरु रिलिजको पर्खाइमा रहेका थिए । मलाई के लागेको थियो भने यी सबै पहिला सकिन दिउ । अनि कुनै फ्रेस फिल्म गरुला । पहिला कै फिल्ममा मिसिएर जाने प्रकारको नगरौ भन्ने थियो । हुन त अहिले के लागेको छ भने म अल्लि अगाडि आउन पाएको भए हुने । तर नी ठीकै छ ५ वर्ष पछि एउटा नितान्त फ्रेस फिल्मका साथ दर्शकमाझ आउदैछु । यो अवधीमा मैले खेलेका भोजपुरी फिल्मलाई पनि डब गरेर नेपाली भनिकन देखाइयो तर त्यसरी झुक्याउने काम नगरेको भए हुन्थ्यो लाग्छ ।

भोजपुरीमा गएर त्यहाँ पनि राम्रो स्थान ओगट्न सफल हुनुभयो । तपाईको उद्देश्य चाहि कहाँ सम्म पुग्ने हो ?

मेरो उद्देश्य चाहि यहाँ सम्म पुग्ने त्यहाँ सम्म पुग्ने छैन । काम गर्दै जाने हो हेरौ । तपाई भन्नुहुन्छ मेरो भोजपुरीमा पनि यसरी गएर काम गर्ने उद्देश्य थिएन । नेपाली फिल्म गरिरहदा मलाई उताको खासै ज्ञान समेत थिएन । हिन्दी फिल्मको बारे थाहा थियो तर भोजपुरीको बारे थाहा थिएन । जब मलाई भोजपुरी फिल्मबाट अफर आयो । मैले चासो दिए । यसरी त्यहाँ सम्मको यात्रा तय भएको हो । भन्न चाहि सकिदो रैनछ जस्तो लाग्छ कहाँ सम्म पुगिन्छ भनेर ।

हिजोको भोजराज भट्ट आजको सुपर स्टार विराज भट्ट कसरी भयो ?

भोजराज भट्टको भोज अग्रेजी क्यापिटल ‘बी’ मात्र राखेर पछाडिको राज जोडेको हो । (हास्दै) यो बडो सजिलो छ यसमा हामीले गणित लगाउदै लगाएनौ । खास त यसको पन्डित चाहि मेरो अभिनयको गुरु रेस्पेक्टेड डिरेक्टर साब प्रताब सुब्बा । उहाँले नै जुराउनु भएको नाम हो यो ।

यो सब उपलब्धिको पछाडि के हुन सक्छ ?

मेरो सपना थियो कलाकार बन्ने । रहर पनि थियो । खाली कलाकार मात्र रहनुपर्छ अरु केही गर्नु हुन्न भन्ने चाहि थिएन । जवान हुँदा कलाकार बन्छु कि त राम्रो स्पोर्ट म्यान बन्छु भन्ने थियो । त्यतिबेला मैले इन्स्पेक्टरको लागि पनि ट्राई गरेको थिए तर सफल हुन सकिन । तर यी सबै बाहेक धेरै चाहना चाहि फिल्मलाइन तिर नै थियो । पछि जब यसमा लागे तब म मा थप झुकाब बढ्यो अनि यसैलाई करियर बनाउनु पर्छ भन्ने अठोट लिए । कहिले पनि हतोत्साही भइन म ।

तपाइले एक्सनलाई नै आफ्नो पहिलो रोजाई बनाउनु भयो । वास्तवमा हिरो भन्ने बित्तिकै हामी सबै कुरा मिलको एउटा हिरोजम्को परिकल्पना गर्छौ । त्यो तपाईमा कतिको मिलेको जस्तो लाग्छ ?

मैले आफ्नो मूल्याङ्कन आफै कसरी गर्ने । त्यो त दर्शकले गर्ने हो । तपाई जस्ता पत्रकारले गर्ने हो । त्यो चिजलाई मैले आफैले भन्न मिल्दैन ।

आफूमा कहि कतै खोट देख्नुहुन्छ या पूर्ण छु जस्तो लाग्छ ?

हो मलाई फिल्मबाट धेरै अफर आयो । म यता पनि सफल थिए उता भोजपुरीमा पनि सफल नै भए । तर मैले आफूलाई त्यसरी कहिल्यै मूल्याङ्कन गर्दिन । मैले त खाली मिहेनत गर्ने गरेको छु । सफलता असफलता भन्ने कुरामा म त्यति महत्व राख्दिन । तर मिहेनत चाहि गर्नुपर्छ । मिहेनत ग¥यो भने त्यसको रिजल्ट पोजिटिभ हुन्छ भन्नेमा चाहि म विश्वास राख्ने गर्छु । यसर्थ पूर्ण त कोही पनि हुनै सक्दैनन् । म मा पनि खोट होलान् सायद । धेरै कुरा सिक्न बाँकी छ जस्तो लाग्छ ।

तपाई समकालीन साथीहरुलाई कसरी सम्झनुहुन्छ ?

अब त्यो बेला हामी धेरै साथी थियौ । डान्स क्लास, एक्टिङ क्लास फेरि जिम्न्यास्टिक क्लास गइन्थ्यो । जीम गरिन्थ्यो । धेरै साथीहरुको चाहना पनि थियो कलाकार बन्ने । केटामा हिरो हुने अनि केटीमा हिरोइन बन्छु भन्ने त्यतिबेलाका मेरा साथीहरुमा धेरै थियो । सोचेको जस्तो नहुँदा धेरै साथी यो फिल्डबाट बाहिरिए पनि । म सँगै लागेका कति पय साथीहरु बिहाइन्ड त स्क्रिन पनि काम गरिरहेका छन् । यो फिल्ड सेन्सेटिभ छ सहज छैन । रेस्क्यू छ । कति साथीहरु यो फिल्ड छोडेर अन्तै काम पनि गरिहेका छन् । यसमै अडिरहनको लागि त प्यासन चाहिन्छ । मिहेनत चाहिन्छ । चुनौतीपूर्ण छ यो फिल्ड ।

पर्दामा कुन नायिका सँग जोडी पर्फेक्ट भए जस्तो लाग्छ ?

मलाई सबै मनपर्छ । सबैले राम्रो काम गर्नुपर्छ । यो त्यो भन्ने छैन सबै सुहाएकै जस्तो लाग्छ । ‘जय पर्शुराम’मा मेरो को आर्टिस्ट निशा अधिकारीजी हुनुहुन्छ । उहाँले पनि राम्रो अभिनय गर्नुहुन्छ ।

तपाई कमव्याक हुँदा पुरानै टिम सँग आउनु भयो नी ?

हो यो फिल्मको निर्देशक रोज राणा मेरो अत्यन्तै मिल्ने साथी पनि हुनुहुन्छ । उहाँले निर्माण गर्नु भएको धेरै फिल्ममा मैले अभिनय गरेको थिए यस भन्दा अघि पनि । जून फिल्म सक्सेस पनि भयो । मेरो यो फिल्ममा पनि भरपूर एक्सन रहेको छ । फाइट मास्टर एन.वि. महर्जन सँग पनि पहिला अरु फिल्ममा काम गरिसकेको छु । यसमा उहाँले अझ मलाई नयाँ नयाँ एक्सन शैलीमा उतार्नु भएको छ । नायिका जो निशा अधिकारी हुनुहुन्छ पहिला ‘नैना रेशम’ मा सँगै काम गरेका थियौ हामीले । मसलेदार मनोरन्जनात्मक फिल्म बनेको छ ‘जय पर्शुराम’ । यो सबको पछाडि राम्रो टिमको कम्बिनेसन भए जस्तो लाग्छ ।

अन्त्यमा ?

अब निरन्तर नेपाली फिल्मलाई नै निरन्तरता दिनेछु । ‘जय पर्शुराम’ एउटा एक्सन प्याक्ड फिल्म जसलाई दर्शकले रुचाउनेमा म आशावादी छु । भोजपुरी फिल्ममा गरेको कामको अनुभवले अझ म खारिएर आएको छु । मलाई फिल्ममा हेर्न चाहने दर्शकले यो फिल्म उपहार सम्झिएर नजिकको हलमा गई फिल्म हेरेर आनन्द लिनुहोला भन्न चाहान्छु । अवश्य पनि फरक गर्ने कोसिस गरेका छौ । तपाई यो फिल्म भिन्न टेष्टको लाग्छ भन्नेमा म विश्वस्त छु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा
मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो
म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा
नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु