तिहार पर्वमा पशुपंक्षि तथा जनावरलाई किन पुज्ने गरिएको होला ?


Filmy Kura, Oct 23, 2016 at 11:24 am

केही समय अघि मात्र नेपालीहरुले  महान पर्व बडा दशैंलाई बिदाई गरेका छन् । अब दोस्रो ठूलो पर्व तिहार सुरु हुँदैछ । तिहार अर्थात झिलीमिलीको पर्व । भाई टीका यस पर्वको मुख्य दिन हो । जहाँ दिदी बहिनीको हातबाट दाजुभाईले सप्तरङ्गी टीका ग्रहण गरेर मिठाई या मरमसला लिने गर्दछन् । काग तिहारबाट प्रारम्भ हुने तिहार ५ दिन सम्म मनाईन्छ । काग, कुकुर, गाई अनि गोरु हुँदै अन्तिम दिन भाई पुजा गरिन्छ । आखिर तिहार पर्वमा पशुपंक्षि तथा जनावरलाई किन पुज्ने गरिएको होला त ? हामीले यसको जवाफ सेलिब्रेटीबाट लिने प्रयास गरेका छौ । प्रस्तुत छ उनीहरुको विचार जस्ताको त्यस्तै ।  

nisha-adhikari-anu-bikram-and-other

यो चाहि आ–आफ्नो संस्कार हुन्छ । पशुपंक्षिलाई हामी मारकाट पनि गरिरहेका हुन्छौ पुजा पनि गरिहेका हुन्छौ । हिन्दुधर्मालम्बीहरुले पहिले देखि मान्दै आएको परम्परा हो । त्यही परम्परालाई निरन्तरता दिएको होला । सायद धेरैलाई थाहा छैन होला, पुजा चाहि गरिरहेका हुन्छौ तर किन गरिहेका छौ भनेर । त्यस्तै मलाई पनि एक्ज्याक्ट यहि कारण पुजा गरेको हो भन्ने चाहि थाहा छैन । निर्देशक मिलन चाम्स

यो हाम्रो चलिआएको परम्परा पनि हो । हिन्दु रिलिजनमा हामी हुक्र्यौ । अर्को कुरा हामी प्रकृतिप्रेमी छौ । सूर्यलाई नमस्कार गर्छौ । ढुंगालाइ देवता मान्छौ । कस्तो–कस्तो गाह्रो ठाउँमा मन्दिर हुन्छ । प्रकृति भन्ने बित्तिकै त्यसमा रुख, बनजंगल, हिमाल मात्र पर्दैन त्यसमा बाँच्ने जिवजन्तु सबै पर्छौ र तपाई हामी पनि पर्छौ । त्यसकारण काग, कुकुर, गाई र गोरु प्रति हामीले माया दर्साएका हौ ।अभिनेत्री निशा अधिकारी

पशुपंक्षि तथा जनावर भगवानले दिएको प्राणी हो नी हैन ? जति पनि भगवानको क्रियशन छ तिनीहरुलाई सम्मान स्वरुप पुजिएको हुनुपर्छ । र म पुज्नुपर्छ पनि भन्छु । अभिनेता हसनराजा खान

पशुपंक्षि तथा जनावर भगवानको रुप हो । यिनीहरुलाई अवतारका रुपमा लिइन्छ । हिन्दु कल्चरमा चाहि हामीले उनीहरुलाई भगवान कै रुपमा पुजा गर्छौ । मलाई मन नपर्ने चाहि दशैंमा गरिने मारकाट हो । यो चाहि स्टप हुनुपर्छ । –अभिनेता अनुपविक्रम शाही

bashundhara-bhusal-naresh-paudel-and-other

काग तिहारबाट नै तिहार सुरु हुन्छ । अब यो काग भनेको शुभ समाचार ल्याउने पंक्षि हो । कुकुर भनेको त भैरव । धार्मिक हिसाबले भनिरहन चाहि गाह्रो छ । तपाईले अपरझट प्रश्न सोधिहाल्नु भयो । कुनै लजिक नभई या कारण नभई त गरिएन होला यस्तो पुजा । पुजा भगवान मानेरै गरिन्छ । त्यसैले मलाई भाई पुजा सँगै यो काग, कुकुर, गोरु र गाई पुज्ने कुरा मन पर्छ । बरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुषाल

संसार भरिका जिवित प्राणी हाम्रा आफ्ना हुन् भनेर अरु दिन बिर्सन्छौ । हिन्दु शास्त्र अनुसार कागले सधै राम्रो सन्देश ल्याउने र कुकुरले मानव जातिको रक्षा गर्ने कुरा उल्लेख छ । कुकुर मानव जातिको सबैभन्दा प्रिय साथी पनि हो । त्यसमाथि गाई त माता नै भइन् । गोरु नभई हाम्रो कृषि नै चल्दैन थियो । यी सबै पशुपंक्षि तथा जनावरले मानव कै हित उपर काम गरेकाले धन्यवाद स्वरुप वर्षको एक चोटी पुज्ने गरिएको हो । उनीहरुलाई सम्झिएको हो । निर्देशक नरेश पौड्याल

गाईलाई चाहि लक्ष्मीको रुपमा मानेर हो । मलाई पनि यो चाहि थाहा छ । म पनि पुजा गर्छु । यो काग, कुकुर र गोरुलाई चाहि किन पुजा गरेको होला मलाई थाहै छैन । एन्सर आएन सरी । अभिनेत्री मेलिना मानन्धर

गाईलाई चाहि लक्ष्मीको रुपमा लिने गरिन्छ त्यसैले पनि पुजा गरिएको होला । काग, कुकुर र गोरुलाई चाहि किन पुजा गरियो होला त…(सोच्दै) । वर्षै पिच्छे पुजा गरियो तर कहिले यो विषयमा सोचिएन किन गरियो होला भनेर । मेरो उत्तर यहि नै राख्नुहोला । अभिनेता गौरव पहारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

५ अर्बमा ‘नमूना नेपाल’ बनाउने धुर्मुस सुन्तलीको योजना कतिको सम्भव छ ?
अवार्ड कार्यक्रम विदेशमा आयोजना गर्दा त्यसले नेपाली कला क्षेत्रलाई के फाइदा पुग्न सक्छ ?
हिट फिल्महरु एक पछि अर्को पाइरेसी भइरहेका छन् यसलाई रोक्न के गर्नुपर्ला ?
नेपाल सरकारले सिने नगरीमा आवद्ध विभिन्न व्यक्तिलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको तपाईलाई कस्तो लाग्यो ?