अवार्ड कार्यक्रम विदेशमा आयोजना गर्दा त्यसले नेपाली कला क्षेत्रलाई के फाइदा पुग्न सक्छ ?


Filmy Kura, Oct 26, 2016 at 7:16 pm

च्याउ उम्रिए सरी फिल्मको अवार्ड बढ्नु नेपाली समाजमा नौलो कुरा रहेन । कतिपय कमाउने उद्देश्यले, कतिपय रहरले भने कतिपय फिल्म उद्योग कै हित उपर अवार्ड गरिरहेका छन् । तर नेपाली फिल्म अवार्ड पछिल्लो समय विदेशका भू–भागमा आयोजना हुनु भने यसको सकारात्मक पक्ष मान्न सकिन्छ । अवार्ड जसले पाए पनि नेपाली कला संस्कृतिलाई विदेश सम्म पु¥याउनु एक उपलब्धि मान्न सकिन्छ । यहि क्रममा नेपाल फिल्म सोसाइटी, अमेरिकन नेपाल टेलिभिजन र बिआरटी नेपाल डट कमले संयुक्त रुपमा मिलेर पहिलो पल्ट अमेरिकामा ‘ग्लोबल फिल्म अवार्ड’ को आयोजना गर्दैछ । नोभेम्बर १२ तारिखका दिन अमेरिकाको कोलोराडो शहरमा हुने अवार्ड मात्र नभई विदेशमा आयोजना हुने प्रत्येक अवार्डले नेपाली कला क्षेत्रलाई के फाइदा पुग्न सक्छ त ? फिल्मीकुराले केही चलचित्रकर्मीको धारणा लिएको छ । यस्तो छ उनीहरुको जवाफ :

shiva-shrestha-vuwan-kc

यो एक्टिभिटिजले कहि न कहि पोजेटिभ भाइब्रेट गर्छ नै । हरेक कुराको एउटा नेगेटिभ पक्ष पनि हुन्छ । तर कतिपय ठाउँमा सिक्दै जानुपर्ने हुन्छ । कुन व्यक्ति विशेषले गर्दैछ अवार्ड या कुन अर्गनाइजेशनले गर्दैछ यि कुरामा भर पर्छ । फिल्मको बजार बिस्तार हुन्छ । कम्तिमा नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय बजारीकरणमा सपोर्ट पुग्छ । हाम्रो कन्टेन्ट र ग्रुपमा भर पर्छ । जे होस् प्रत्यक्ष परोक्ष रुपमा फाइदा पुगेकै हुन्छ । चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई

अब मुख्य कुरा चाहि के रहन्छ भने यस्तो विदेशमा गरिने अवार्डमा कतिपय नेपाली कलाकार भिसा नपाउने कारण जान नपाउनु भएको होला । तर जो गयो त्यसले डेफेनेट्ली हाम्रो चिनारी या भनौ कला संस्कृतिलाई लिएर त जान्छ नै । विदेशका विभिन्न ठाउँमा त्यो पहिचानलाई हामीले शो गर्न सक्छौ । यसले एक त हाम्रो देश कस्तो रहेछ चिनाउन सक्छ । अर्को कुरा निरन्तर यस्ता अवार्ड विदेशमा हुने हो भने एकदिन नेपाली फिल्मले विश्वव्यापी रुपमा दरिलो उपस्थित जनाउन सक्छ । यसले कलाकारलाई समेत धेरै प्लस गराउछ ।सदाबहार नायक भुवन केसी

सर्वप्रथम त मेरो साइ राम । वास्तवमा आज हाम्रो नेपाली फिल्महरुले जून रुपमा मार्केट लिनु पर्ने हो त्यो लिइरहेको छैन । विदेशमा अवार्ड कार्यक्रम बिस्तारै सुरुवात हुँदैछ । यसले हाम्रो देश कै प्रतिनिधित्व गर्छ । कला, संस्कृति, रहन सहन आदि इत्यादि त पु¥याउने नै भयो र साथमा हामी नेपाली कलाकारलाई समेत विश्व बजारमा चिनाउन सहयोग पु¥याउछ । हाम्रा कलाकार एक सय एक छन् । नेपालमा मात्र होइन विदेशमा समेत अन्य भाषाको फिल्म खेल्न सक्ने सम्मको अवस्था सिर्जना हुन सक्छ । एक्सन किङ शिव श्रेष्ठ

krishna-malla-madan-das-shrestha

तीन वटा कुरा रहन्छ । ग्लोबल फिल्म अवार्डलाई जोडेर हेर्ने हो भने हाम्रो फिल्म अमेरिका जस्तो देशमा जाँदैछ । त्यसबाट नेपाली सिनेमाको प्रवद्र्धन गर्न सकिन्छ । ती सम्पूर्ण नेपालीलाई फिल्मको बजार सम्म आबद्ध बनाउन मद्दत पुग्छ । दोस्रो भनेको सिनेमा टुरिजम । यो ज्यादै ठूलो कुरा हो । नेपाल भनेको आफैमा एउटा ओपन स्टुडियो हो । नेपाल प्रति उनीहरुलाई तान्न सक्छौ । र तेस्रो कुरा थुप्रै कलाकार अमेरिकामा बसिरहेका छन् । उनीहरुलाई नेपाली सिनेमामा पुन फर्काउन सक्छौ । आकर्षण गर्न सक्छौ । गाउका दुर दराज देखि विश्व बजार सम्म नेपाली फिल्म पु¥याउन सक्छौ । अभिनेता कृष्ण मल्ल

यसले नेपाली चलचित्रको प्रवद्र्धन हुन्छ । बजार पाउँछ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाकारको काम गर्ने शैली र यिनीहरुको योग्यताको पहिचान हुन्छ । यो त बहुत राम्रो कुरा हो । जस्तो अमेरिकामा ग्लोबल अवार्ड हुँदैछ । यहि अवार्ड भोलि गएर बेल्जियम, अष्ट्रेलियामा गर्ने हो भने त यसले हाम्रो फिल्मको सिमित मार्केटलाई एकाएक फराकिलो दायरमा ल्याउन सक्छ ।नाट्यकर्मी मदनदास श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

५ अर्बमा ‘नमूना नेपाल’ बनाउने धुर्मुस सुन्तलीको योजना कतिको सम्भव छ ?
तिहार पर्वमा पशुपंक्षि तथा जनावरलाई किन पुज्ने गरिएको होला ?
हिट फिल्महरु एक पछि अर्को पाइरेसी भइरहेका छन् यसलाई रोक्न के गर्नुपर्ला ?
नेपाल सरकारले सिने नगरीमा आवद्ध विभिन्न व्यक्तिलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको तपाईलाई कस्तो लाग्यो ?