सेक्सी होइन् क्यूट छु, दिनको ५ पटक ऐना हेर्छु : अञ्जना


Filmy Kura, Nov 30, 2016 at 12:15 pm

पूर्व धरान देखि आर.जे अर्थात रेडियो जक्की बन्ने उद्देश्य लिएर अञ्जना आर.सी काठमाण्डौ आइन् । उनले केही इन्स्टिच्यूटमा गएर तालिम पनि लिइन् तर उनको आर.जे बन्ने चाहना पूरा हुन सकेन । रेडियो राजधानीको ढोका सम्म पुगेकी अञ्जना विविध कारण पछि रेडियो कार्यक्रम चलाउने तिब्र चाहना मार्दै कलाकारिता तर्फ लाग्छु भनेर अघि सरिन् । हाल ब्याचलर थर्ड इयरमा अध्ययनरत आर.सी बाल्यकाल देखि नै नाच्नमा औधि रुचि राख्थिन् । फिल्म लाइन पनि सोचे जस्तो सजिलो कहाँ छ र ? उनले अवसरहरु खोज्दै हिडिन् । यहि बीच निर्देशक लक्षु गौतम सँग उनको भेट भयो । ‘तँ, म र ऊ’ नामक फिल्मको लागि नयाँ साइड क्यारेक्टर चाहिरहेको थियो । लक्षुले उनको अडिसन लिइन् । केही गर्न सक्ने सम्भावना देखेपछि अञ्जनालाई सेलेक्ट गरियो । अहिले उनी अभिनित सोही फिल्म मंसिर १७ देखि अल नेपाल रिलिज हुँदैछ । प्रस्तुत छ उनै नवकलाकार अञ्जना सँग फिल्मीकुरा प्रतिनिधीले ‘सेक्स सिटी’ स्तम्भका लागि गरेको रोमान्टिक कुराकानी :

anjana-rc-1
बाहिर हिड्दा कतिको मेक–अप गरेर हिड्नु हुन्छ ?
त्यस्तो धेरै मेक–अप त गर्दिन तर अहिले पछिल्लो समय चाहि गर्न थालेको छु ।

घरमा ऐना कतिको हेर्नु हुन्छ ?
राम्री त छैन तर पनि हेर्न मन लाग्छ । दिनमा त्यस्तै ५ पटक जस्तो त हेर्छु होला हौं ।

आफैले आफैलाई हेर्दा कतिको सेक्सी छु जस्तो लाग्छ ?

सेक्सी त छैन तर क्यूट छु जस्तो लाग्छ ।

मोबाइलमा ब्यालेन्स कतिको खर्च गर्नुहुन्छ ?
नेटहरु चलाइन्छ । खर्च त हुने भइहाल्यो । महिनाको यति नै सकिन्छ भनेर हिसाब त राखेको छैन तर दिनको ८० रुपैयाँको हाराहारीमा सकिन्छ ।

भनेपछि फोन उतैबाट बढी आउदो रहेछ यताबाट खासै गरिदो रैनछ, हैन ?
(हा..हा..) त्यस्तो हैन । फोन आउछ त्यस्तो धेरै पनि आउदैन ।

फेसबुक कतिको चलाउनु हुन्छ ?
अ म चलाउछु फेसबुक चाहि ।

फेसबुकबाट प्रपोज कतिको आउँछ ?
केटी हुँ । राम्रै छु । प्रपोज त आइहाल्छनी ।

नढाँटी भन्नुपर्दा कति वर्षको हुनुभयो ?
अब आउने असार देखि २४ वर्ष लाग्छु ।

२४ वर्षको यो अन्तरालमा तपाई कति पटक प्रेममा पर्नु भयो ?
कति चोटी पनि परेको छैन । लामो हाँसो । एकचोटी चाहि परे ।

त्यो सम्बन्ध कायम छ कि ब्रेकअप भइसक्यो ?
कायम छ ।

तपाईलाई कस्तो केटा मनपर्छ ?
खै कस्तो भन्नु । ठिकै ह्यान्डसम खाले मनपर्छ । राम्रो गुण भएको मन सफा भएको यस्तै यस्तै । दयालु टाइपको केटा मनपर्छ तर ज्यादा ओभर स्मार्टपना देखाउने केटा चाहि मनपर्दैन मलाई ।

लभ रिलेशनमा बस्नु भएको कति वर्ष भयोनी ?
भयो ३ वर्ष जस्तो ।

यो अवधिमा काठमाण्डौको बढी जसो कुन ठाउँमा डेटिङ जानुभयो ?
त्यस्तो डेटिङ नै भनेर चाहि गएको छैन । मलाई ग्रुपमा घुम्न जान चाहि मनपर्छ । नपात्यए फेसबुकमा हेर्न सक्नु हुन्छ म साथीहरु सँगै बढी जसो सेल्फी हानिराको हुन्छु । उ सँग चाहि म फिल्म हेर्न चाहि गएको छु ।

ब्वाइफ्रेन्डले सानू तिनो कुरामा कतिको किचकिच गर्छ ?
त्यो त भइहाल्छनी । धेरै त मैले गरिरहेको हुन्छु ।

प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
प्रेम भनेको मित्रता हो । एक अर्काको भावना बुझ्न सक्ने साथी सँगको मित्रता भनौ न । जो सँग हरेक कुरा सेयर हुन्छ ।

सेक्स चाहि ?
सेक्स भनेको त न्याचुरल कुरा हो । कतिले बिहे अगाडि पनि गर्छन् कतिले बिहे अगाडि गर्नु हुन्न भन्ने मान्यता पनि राख्छन् ।

रिलेशनमा बस्नु भएको तीन वर्ष भइसकेछ तपाईले पनि गर्नु त भयो होला नी ?
लभ परेपछि उ बाहिर (आउट अफ कन्ट्री) गइहाल्यो के सेक्स गर्नु । म त बिहे पछि नै गर्ने हो ।

केटी साथीहरु भेट हुँदा तपाईको कस्तो खालको गफ हुन्छ ?
रमाइलो खालको हुन्छ । तपाई र मेरो अहिले भइरहेको जस्तै हुन्छ । हा….हा…हा…. ।

टीनएज त पार गरिसक्नु भयो खास यौन जिज्ञासा चाहि कतिको हुन्छ नी ?
त्यस्तो धेरै हुँदैन । हुन चाहि हुन्छ । खै मलाई शब्दमा भन्नै आएन ।

अश्लिल फिल्म हेर्नु भएको छ कि छैन ?
महाकसम हेरेको छैन । साथीहरुले भनेको सुनेको छु ।

तपाई कतिको रोमान्टिक हुनुहुन्छ ?
अ, म रोमान्टिक नै छु ।

पैसा र सेक्स यी दुई कुरामा एउटा रोज्नु प¥यो भने के रोज्नुहुन्छ ?
कस्तो प्रश्न हो यो…..(लामो हाँसो)…..। पैसा रोज्छु म त ।

किसको अनुभव छ कि छैन ?
छैन छैन । कस्तो कस्तो प्रश्न लाज लाग्यो मलाई त ।

बिहे कहिले गर्नुहुन्छ ?
अबको केही वर्ष पछि गर्नुपर्ला ।

केटाहरुले कतिको साइड हान्ने गर्छन् त ?
केटाहरुको काम नै त्यहि त होनी । राम्री केटी देख्नै हुन्न । म पनि परेको छु यस्तो केसमा ।

तपाईले चाहि कोही केटालाई साइड मार्नु भएको छ ?
म एक्लै हुँदा होइन केटी साथीहरु सँग मिलेर चाहि कलेजको एउटा राम्रो केटालाई जिस्काएको थिए । पछि त क्लोज फ्रेन्ड नै भइयो तर ह्यान्ड्सम देखेरै जिस्काको थिए मैले ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सेक्सी भन्ने धेरै छन्, गर्न त म मरिगए दिन्न : कला राई
पैसा होइन सेक्स रोज्छु, मलाई सम्हाल्न सक्ने केटा मनपर्छ : रुवि शर्मा
निर्माताले अफर गरे डेटिङ जान तयार छु : सोनिया जि.आर.
मन्दिरमा डेटिङ…वाइयात : नायक रमित ढुङ्गाना