म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा


Filmy Kura, Dec 28, 2016 at 5:33 pm

नायिका कमली वाइवा आफू तामाङ हुनुमा गर्व लाग्ने बताउँछिन् । तामाङ फिल्मलाई छोडेर हेर्ने हो भने नेपाली भाषाका फिल्ममा तामाङ कलाकारको बाहुल्यता निकै कम रहेको छ । त्यसमा पनि तामाङ जातिका नायिकाको त खडेरी नै परेको छ भन्दा अत्तियुक्ती नहोला । कमलीले ‘शब्द’ नामक फिल्ममा नायक सौगात मल्ल सँग एकसाथ अभिनय गरेकी छिन् । फिल्मको चर्चा अचेल चुलिदो छ । पौष २९ रिलिज फिल्मकी नायिका वाइवा सँग फिल्मीकुराले लिएको अन्तर्वार्ताको सार संक्षेप :


नयाँ नौलो के छ ?
‘शब्द’ फिल्मको प्रमोशनमै व्यस्त छु । अष्ट्रेलियामा पनि फिल्म पौष २९ गते नै रिलिज हुँदैछ । यसको लागि तयारी गर्दैछु । निकै एक्साइटेड छु । यो फिल्मले मलाई चलचित्र क्षेत्रमा कमली वाइवा भनेर एउटा राम्रो परिचय दिन्छ भन्नेमा विश्वस्त छु ।

तपाईले यस अघि दुईवटा फिल्ममा काम गर्नुभयो तर प्रायले डेव्यू फिल्म नै यहि हो भनेका छन् नी ।
हो, प्रायले मलाई डेव्यू नायिका भन्नुभयो । त्यसो चाहि नभन्दा राम्रो होला की भन्ने लाग्छ । किनकी मैले यस अघि दुईवटा फिल्म ‘भीदत्त’ र ‘कहि दिन कहि रात’ मा अभिनय गरिसकेको छु । यस हिसाबमा मेरो यो तेस्रो फिल्म हो । डेव्यू चाहि मैले ‘भीमदत्त’बाट गरेको हुँ । त्यसमा थोरै रोल भएकाले मलाई दर्शकले मार्क नगर्नु भएको हुन सक्छ ।

सौगात मल्ल सँग काम गर्नुभयो । अहिले तपाईको चर्चा चुलिदो छ । कस्तो लाग्दैछ ?
फस्टफल त उहाँसँग नाम जोडेर थुप्रै न्यूजहरु आए । मलाई निकै खुसी लाग्यो । उहाँ जतिको हुन त मैले धेरै स्ट्रगल गर्न बाँकी छ । उहाँ जतिको हुन त म सक्दिन । मलाई सुटिङको समय पनि थुप्रै कुरा सिकाउनु भयो । नजानेको कुरा यसरी गर भनेर सहि मार्ग देखाउने उहाँको सरल व्यवहारबाट म निकै प्रभावित पनि भए ।

हेलिकप्टर चढेर सौगातलाई सामागाउ लिन जानु भयो है ?
‘शब्द’ प्रोडुसरले सौगातलाई एउटा सप्राइज दिउ भन्नुभयो । सौगात त्यतिबेला सामागाउँ ठाउँमा ‘बमकाजी’को सुटिङमा व्यस्त हुनुहुन्थ्यो । म हेलिकप्टर चार्टर गरेर सौगातलाई लिन पुगे । वास्तवमा उहाँलाई काठमाडौं सम्म ल्याउनको लागि म हेलि चार्ट गरेर त्यहा गएको थिए । उहाँलाई ल्याउनुको कारण भने अष्ट्रेलियामा फिल्म लाग्ने भएपछि उहाँको भिजा प्रोसेस् मिलाउनका लागि थियो ।

हेलिकप्टर चढ्दा कस्तो महसुस गर्नुभयो ?
फस्ट टाइम चढेको । डरै डर । कहिले यता हल्लाउछ कहिले उता हल्लाउछ । लडिन्छ कि जस्तो लाग्ने । ढोका र झ्याल खुल्लै नै हुँदा रहेछ । एयरफोन जस्तो लगाउन दिनुहुदोहेछ कानमा । आकाशमा उड्दै गर्दा चाहि कहाँ गएर ठोक्किने होला भन्ने मनमा लागि रह्यो मलाई त । निकै सकस फिल भयो मलाई चढुन्जेल । नर्भस् र डेन्जर फिल हुँदोरहेछ ।

अष्ट्रेलिया कुन दिन जादै हुनुहुन्छ ?
फाइनल्ली भिजा आयो । सौगात र म पौष २६ गते अष्ट्रेलिया उड्दैछौ । २९ गते फिल्म शो हुन्छ । फिल्म चार वटा ठाउँमा लाग्दैछ । मेलवर्न र सिड्नीमा हामी सहभागी हुन्छौ । समय मिले सम्म फिल्म लागेको अर्को ठाउँमा नी सहभागी हुन्छौ ।

फिल्मको टाइललाई लिएर आम पाठकमा ज्ञिजासा हुन सक्छ । के हो शब्द भनेको ?
‘शब्द’ को अर्थ के हो भनेर थाहा पाउन त हल सम्म गएर फिल्म नै हेर्नुपर्छ । तर म अहिलेलाई यति भन्छु कि यो फिल्म ग्रामिण परिवेशको कथामा आधारित छ । माया, प्रेम, गीत संगीत सबै कुराले मसलेदार बनेको छ । फिल्मको नेपालीले मान्दै आएको कल्चरलाई प्रिजेन्ट गरेका छौ । संस्कृति विस्तारै लोप हुँदै गइरहेको छ । गुरुङ संस्कृतिको कुरालाई हामीले फिल्ममा देखाउन खोजेका छौ ।

तपाईको नाम बडो गज्जबको छ । कसले राखिदिएको हो खास यो नाम ?
म काठमाडौंमा जन्मे । यो नाम चाहि मेरो दिदीले जुराउनु भएको हो । दिदीलाई चाहि कमली भन्ने नाम एकदमै मन परेकोले बहिनीको नाम यहि राख्ने भनेर जिद्धि गर्नु भएछ । पछि कुरा बुझ्ने भएपछि मलाई चाहि कस्तो नाम राखिदिएको होला जस्तो लाग्थ्यो । सबैले कमली कमली भन्थे । म पछि उच्च अध्ययनको लागि हङकङ गए । त्यहाँका मान्छेले कमली भनेर बोलाउदा कति राम्रो सँग उच्चारण गर्थे मेरो नाम । अनि विस्तारै मलाई पनि यो नाम मनपर्न थाल्यो । नेपाली नाम पनि यस्तो हुन्छ र भनेर मलाई त्यहा प्रश्न गर्थे । जे होस् यूनिक नाम छ भनेर मलाई मख्ख पार्थे हङकङमा ।

फिल्ममा समावेश ‘गुलेलीले हान्दिउ कि’ गीतलाई दर्शकले निकै मन पराएका छन् । यो गीतमा नाच्दाको एक्सपिरियन्स् चाहि कस्तो रह्यो ?
पहिला चाहि म क्लासिकल डान्सर नै हो । बीचमा मैले कुनै नृत्य सिकिन् । कम्मर मर्काउन एकदमै गाह्रो भयो । यो गीतको सुटिङ गर्दा मलाई त ज्वरो नै आएको थियो । युट्युवमा कतिले त नराम्रो कमेन्ट पनि गर्नु भएछ । मलाई स्विकार्य छ यी सब कुरा । आगामी खेल्ने फिल्ममा अझ म नृत्यलाई सुधार्नेछु भन्न चाहान्छु । कोरियोग्राफर प्रदीप श्रेष्ठ दाईले निकै मिहेनत गर्नु भएको छ । गीत राम्रो बनेको छ । एक्स्पिरियन्स निकै राम्रो रह्यो ।

तपाई तामाङ हुनुहुन्छ । तामाङ भाषा कतिको आउँछ ?
हाँस्दै (हा….हा…) झम्मान खाबा । जे होस् आफ्नो भाषा बोल्न नआउने भन्ने कहाँ हुन्छ र । मलाई आउँछ बोल्नलाई ।

कतिले जातको पछि शब्द जोडेर बाहुनी, भोटेनी, शेर्पेनी ट्याग लगाइ दिने गर्छन् तपाईलाई कस्तो लाग्छ ?
मलाई त त्यस्तो केही लाग्दैन । म भोटेनी हुँ । मलाई कसैले भोटेनी भनेर बोलाउँछ भने म खुसी साथ बोलिदिन्छु । कतिले मलाई नेवानी हो भनेर पनि सोधेका छन् । पहिला चाहि नाक छेडेको थिन् मैले । अर्को कुरा चाहि के भने नामैले बोलाउँदा राम्रो हुन्छ । म भोटेनी हुँ सो मलाई कसैले भोटेनी भन्छ भने म रिसाउँदिन । विदेशमा त कुन जातको हो भनेर खासै सोध्ने पनि गरिदैन ।

बाहिर बस्न थालेको कति भयो ?
म सन् २००० मा गएको । भयो नी १६ वर्ष । पढाइको सिलसिलामा गएको हुँ । दुःख पनि पाइयो । १५ घण्टा दैनिक उभिएर काम पनि गरियो । वेटर पनि बनियो । तर मलाई कलाकार हुने सानै देखिको रहर भने जवान हुँदा पनि यथावत नै रहेकाले बचेको समय फिल्म खेल्न म उद्धत भए ।

अन्त्यमा ?
आफ्नो पनको आभाष गराउने नेपाली फिल्म गरेको छु । आशा छ सबैले माया गरिदिनु हुन्छ भन्ने । दर्शकको साथ पाए भने निरन्तर यहि क्षेत्रमा लाग्नेछु । सोच्दैछु निर्माणमा पनि हात हालु । हेरौ यो फिल्मले कस्तो गोरेटो कोर्छ । बाँकी सबै दर्शकको हातमा छ । पौष २९ गते तपाईले नै रुचाउनु भएको कलाकार सौगात मल्लको साथमा मलाई पाउनु हुनेछ । ‘शब्द’ हेरेर इन्जोए लिनुहोला भन्न चाहान्छु ।


2 responses to “म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा”

  1. Sureshtamang says:

    Bhoteni haina timi tamangni hau jo bhot bata jharekk teslai bhoteni vanxa ..bhoteniko artha arkai xa miss kamali waiba g..if bujdainau vane aafu vanda agraj bektihsrulai sodha ..

  2. Chamling surya says:

    सबै कुरा ठिकै लाग्यो ।तर १ कुरा अलि चित्त बुझेन मलाई हाम्रो नेपालमा कला र कलाकारिताको कमि छैन तर पनि सिनेमा जगत फस्टाउँदो छैन कारण कलाकारहरूको यो आद्दत 1/2 फिल्म खेेल्छन् अनि अभिनयलाई मुर्त रुप नदिदै निर्माता र निर्मात्रि डाइरेक्टर बन्ने सपना देख्छन्। अनि कहाँबाट कसरी हामी दर्सकले राम्रो चलचित्र हेर्न पाउनु,कहिले सिने जगतको विकास हुनु???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा
मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो
नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु
मूल्याङ्कन हैन मिहेनत गर्ने गर्छु : एक्सन स्टार विराज भट्ट