५ अर्बमा ‘नमूना नेपाल’ बनाउने धुर्मुस सुन्तलीको योजना कतिको सम्भव छ ?


Filmy Kura, Jun 6, 2017 at 5:30 pm

यस अघि काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र महोत्तरी जिल्लामा एकिकृत नमूना बस्ती बनाएको धुर्मुस सुन्तली फाउण्डेशनले अर्को महत्वकांक्षी योजना जेठ २२ गते सोमबार सार्वजनिक गरेको छ । झण्डै ५ अर्ब लगानीमा ५ सय देखि १ हजार रोपनी जग्गामा ‘नमूना नेपाल’ बनाउने योजना मिडिया सामू उद्घोष गरेका धुर्मुस सुन्तलीको यो सपना अन्य कलाकार कतिको सम्भव देख्छन् त ? प्रस्तुत छ उनीहरुको विचार जस्ताको त्यस्तै ।।

वास्तवमा यो प्लानिङ एकदमै राम्रो हो । धुर्मुस सुन्तलीले यो कन्सेप्ट धेरै राम्रो लिएर आएका छन् । अरु देशहरुमा यस्ता कार्य भएको पाइन्छ । नेपाल भित्रको नमूना नेपालमा यदि भोलिका दिनमा कोही विदेशी पर्यटक आए भने उनीहरुले डाडाकाडा घुमिरहनु पर्ने छैन । त्यहि नमूना नेपाल भिजिट गर्दा सम्पूर्ण कुराहरु हेर्न पाउनेछन् । यदि सबै नेपालीले साथ दिने हो भने म चाहि यो योजना सम्भव देख्छु । प्रत्येक तीन करोड नेपालीले प्रतिव्यक्ति २ सय रुपैयाँ दिदा पनि ६ करोड बढी उठ्दो रहेछ । यस हिसाबमा म चाहि यो योजना सफल हुनेमा विश्वस्त छु ।

शिवहरि पौडेल (हास्यकलाकार)

धुर्मुस सुन्तलीले यो अवधारण ल्याए त्यसको म एकसय प्रतिशतले मात्र होइन लाखौ प्रतिशतले स्वागत गर्न चाहान्छु । नेताहरुले त सपना मात्र बाँडे धुर्मुसले त कम्तीमा तीन वटा बस्ती बसालेर त देखायोनी । र अर्को कुरा उसले ५ अर्व डलरको कुरा गरेको छैन । नेपाली रुपैयाँ हो । म तपाई कै मिडियाबाट उद्घोष गर्छु २५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्छु भनेर । गिरान्चौरमा बस्ती बसाल्दा मैले ५ लाख रुपैयाँ सहयोग जुटाएर प्रदान गरेको थिए । यसर्थ पैसामा कुरा अड्कीन्छ जस्तो लाग्दैन । म यो योजना सम्भव देख्छु । सक्नेले पैसा दिउ नसक्नेले हौसला दिउ भन्न पनि चाहान्छु ।

किरण केसी ‘रातामकै’ (हास्यकलाकार)

सर्वप्रथम त म असम्भव भन्ने नै केही देख्दिन । तपाईले दुवईको टावर हेर्नु भयो भने छक्क पर्नु हुन्छ । त्यो पनि देख्दा खेरी त कसरी बनाए होलान् जस्तो लाग्छ । मरुभूमि माथि बस्ती बनेको छ । कतिपय विदेशमा यस्ता संरचना छन् जून हेर्दा के यो मानवले नै बनाएका होलान् त जस्तो लाग्न सक्छ । यसर्थ समुन्द्र माथि त एयरपोर्ट बनेका छन् भने यो त ५ अर्वमा हाम्रै नेपाललाई चिनाउने नमूना नेपाल निर्माण गर्ने कुरा हो । सबैजना एकजुट भएर लाग्ने हो भने यो सफल भएरै छाड्छ ।

कुमार कट्टेल ‘जिग्री’ (हास्यकलाकार)

हिजोका दिनमा धुर्मुस सुन्तलीले बनाएका तीन वटा बस्ती नै यो प्रोजेक्ट सफल हुन्छ भन्ने पहिलो उदाहरण हो । अर्को कुरा यो फाउण्डेशन अब धुर्मुस सुन्तलीको मात्र रहेन । अब यसको नेतृत्व राज्यले गर्नुपर्छ ।

मनोज गजुरेल (हास्यकलाकार)

मेरो विचारमा चाहि सम्भव होला । देशविदेशमा रहेका नेपालीहरुले धुर्मुस सुन्तलीलाई विश्वास गरेका छन् । सुरुमा काम गर्दा फाउण्डेशनमा २० हजार रुपैयाँ पनि थिएन । नेपाल सरकारले जग्गा उपलब्ध गराएर सहयोग गर्नुपर्छ । यसो भयो भने यो योजनाले मूर्त रुप पाउँछ जस्तो लाग्छ ।

पल्पसा डंगोल ‘चम्सुरी’ (हास्यकलाकार)

यो आँट र विश्वास जून धुर्मुस सुन्तलीमा देखियो त्यो नै अदम्य साहस हो जस्तो लाग्छ । धेरै नेपालीहरुको यो गौरवको परियोजना हो । सम्भव असम्भव भन्दा पनि हामी सबै नेपालीले एक अर्कामा हातेमालो ग¥यौ भने सफल हुन्छ । नेपाली मन सुरुमा एकजुट हुनुप¥यो ।

अर्जुन घिमिरे ‘पाँडे’ (हास्यकलाकार)

यस विषयमा मलाई पनि गर्व महसुस भइरहेको छ । उहाँहरुले घोषणा गरिरहदा चाहि म आफैलाई डर पनि लागिरहेको छ । तर पनि असम्भव भन्ने कुरा केही पनि छैन । यो भन्दा अगाडि हामीलाई यस्तै लाग्थ्यो के सम्भव होलार भन्ने । तर यस अघि तीन वटा बस्ती बनाएर हस्तान्तरण गरिसकेकाले मलाई यो प्रोजेक्ट पनि सफल हुन्छ भन्ने लागेको छ ।

गोविन्द कोइराला ‘जयन्ते’ (हास्यकलाकार)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अवार्ड कार्यक्रम विदेशमा आयोजना गर्दा त्यसले नेपाली कला क्षेत्रलाई के फाइदा पुग्न सक्छ ?
तिहार पर्वमा पशुपंक्षि तथा जनावरलाई किन पुज्ने गरिएको होला ?
हिट फिल्महरु एक पछि अर्को पाइरेसी भइरहेका छन् यसलाई रोक्न के गर्नुपर्ला ?
नेपाल सरकारले सिने नगरीमा आवद्ध विभिन्न व्यक्तिलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको तपाईलाई कस्तो लाग्यो ?