सञ्चितालाई आफ्नो बनाउन ज्वाला बनेर खतरनाक शैलीमा आए दिनेश (भिडियो सहित)


Filmy Kura, Aug 26, 2017 at 8:18 pm

नायक दिनेश केसी ज्वाला बनेर आएका छन् । चलचित्र ‘खतरनाक’मा उनको ज्वाला चरित्रको शैली निकै डरलाग्दो देखिएको छ ।

शनिबार अफिसियल युट्युव च्यानल ओ.एस.आर मार्फत चलचित्र ‘खतरनाक’को ट्रेलर रिलिज गरिएको हो । छिट्टै प्रदर्शनमा आउने भनिएको यस फिल्ममा दिनेश एक्सन भूमिकामा देखिएका छन् । नायिका सञ्चिता लुइँटेलसँग अनस्क्रिन रोमान्स गरेका दिनेशले आफू अभिनित अघिल्ला फिल्म भन्दा ‘खतरनाक’ केही खास रहेको बताएका छन् ।

सञ्चिता र दिनेशको अलवा यस फिल्ममा हर्षिका श्रेष्ठ, विरेन डिसी, दिपेश राज पाण्डेको मुख्य भूमिका रहेको छ । दुई दशक भन्दा लामो समय चलचित्र लेखनमा सक्रिय मौनता श्रेष्ठ लिखित फिल्ममा प्रदीप खड्काको द्धन्द्ध, नारायण रिजालको नृत्य, रवि कोइरालाको छायांकन रहेको छ ।

रोशन तण्डुकार निर्मित चलचित्रलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् । टि.आर. फिल्मस् प्रस्तुत चलचित्र ‘खतरनाक’ मा संगीत विशाल ढकालले दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र विकास बोर्डमा निकिता पौडेल नियुत्त
मिस्टर झोलेको ट्रेलर रिलिज, भैरेका कारण दयाहाङ अनुपस्थित (भिडियो)
कुलतमा फसे युवा, यस्तो बनेर आयो कोशेली ट्रेलर (भिडियो)
मेकर बन्ने कोशिशमा निरन्जन, भन्छन्– ‘हिरो हुन लायक थोप्डा नै छैन’