जानी नजानी फिल्मको पहिलो गीत रिलिज, मनिष र सुमि नाचे छमछमी


Filmy Kura, Dec 28, 2018 at 12:57 pm


चलचित्र ‘जानी नजानी’ को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी रोशनी केसी निर्मित फिल्मको गीत सार्वजनिक गरिएको हो ।

यस अघि ‘डा. खाते’ फिल्म निर्माण गरेकी रोशनीले ‘जानी नजानी’ मा भने दुई दशक देखि असिस्टेन्स डिरेक्टर भएर काम गरेका बसन्त अधिकारीलाई निर्देशनमा डेव्यु गराएकी छिन् । सार्वजनिक गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर रहेको छ भने स्वयम अर्जुनले यो गीतमा संगीत दिएका छन् । अम्बिका शर्माको शब्द रचना रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । नायक मनिष श्रेष्ठ र मोडल सुमि मोक्तान फिचर भएको गीत सुनि रहेका गीत भन्दा अलिक भिन्न लाग्न सक्छ ।

प्रेम कथामा आधारित यो चलचित्र आगामी चैत्र १ गते सार्वजनिक प्रदर्शनमा आउनेछ । चलचित्रमा मनिष र सुमिको अलवा निरिशमा बस्नेत, नम्रता श्रेष्ठ लगायतको प्रमुख भूमिका छ । सामिप्यराज तिमिल्सीनाले लेखेको यस चलचित्रलाई सञ्जय लामाले खिचेका हुन् । रोशनी इन्टरटेन्मेन्ट प्रस्तुत यस चलचित्रमा सागर काजी मालि र मोदनाथ खनालको लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?