शर्मिलाले घोषणा गरिन् तर्साउने घर, अर्पणले गर्नेछन् निर्देशन


Filmy Kura, Dec 28, 2018 at 1:19 pm


शर्मिला पाण्डेले हरर जनराको चलचित्र ‘घर’ को निर्माण घोषणा गरेकी छिन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनको निर्माणमा डिएस डिजिटलको प्रस्तुति रहने गरी ‘घर’ को औपचारिक घोषणा गरिएको हो ।

सन्तोष अधिकारी सह– निर्माता रहेको यस चलचित्रलाई अर्पण थापाले निर्देशन गर्नेछन् । उनले यस अघि हरर जनराको चलचित्र ‘सुनकेशरी’ निर्देशन गरेका थिए । तर उक्त चलचित्रले अपेक्षाकृत रिजल्ट भने दिएन । त्यसो त नेपालमा हरर जनराको चलचित्रको मार्केट खासै बनिसकेको छैन । हाल यस चलचित्रमा कलाकार अर्पण थापा मात्र फाइनल भएका छन् । अन्य कलाकारको खोजी भइरहेको निर्माण यूनिटले जनाएको छ ।

डिएस डिजिटलमा व्यानरमा निर्देशक दीपेन्द्र के खनाल र नायक सुरज पाण्डे आबद्ध रहेका छन् । शर्मिला पाण्डेले यस अघि दुई चलचित्र ‘लभ लभ लभ’ र ‘चङ्गा चेट’ मा लगानी गरेकी थिइन । दुवै फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरेपनि उनी लगातार फिल्म भने बनाइ नै रहेकी छिन् । माघ महिनाबाट ‘घर’ को छायांकन सुरु गरिने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)