ठेलामा मःम बेच्ने कपिलको नयाँ गीत रिलिज, सन्तोषको निर्देशनमा शिशिरको अभिनय


Filmy Kura, Dec 29, 2018 at 7:40 pm


विगत २ वर्षदेखि नयाँ बानेश्वर चोकमा ठेलामा मःम बेच्दै आएका गायक कपिल पौडेलको नयाँ गीत रिलिज भएको छ । शुक्रबार नयाँ नयाँ न्यूज नेपाल युट्युव च्यानल मार्फत उनको स्वर तथा संगीत रहेको ‘साला काठमाडौं’ बोलको गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा सञ्चारकर्मी शिशिर भण्डारी फिचर भएका छन् । सञ्चारकर्मी सन्तोष खनालको निर्देशनमा तयार भएको भिडियोले काठमाडौंमा संघर्ष गरेर केही सिप नलागेपछि फ्रस्टेसनमा गएको युवाको कथा बोल्छ । निरज भट्टको शब्द रचना रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् । गायक कपिलले यो गीतले आफ्नो वास्तविक जीवन कथा बोल्ने बताए । आफ्नो मात्र नभई धेरै युवाको जीवनसँग यो गीत मेल खाने उनको भनाइ थियो ।

यता निर्देशक खनाल भने पछिल्लो समय सञ्चारकर्मसँगै म्युजिक भिडियो निर्देशनमा क्रियाशिल छन् । एक दिनमा यो गीतलाई युट्युवमा १ लाख ११ हजार पटक हेरिएको छ । वाइपी घिमिरेको छायांकन रहेको भिडियोलाई सञ्जिप श्रेष्ठले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)