पैसा कसले बनायो गीतका गायक दिनेशले ल्याए अर्को डान्सिङ नम्वर (भिडियो)


Filmy Kura, Dec 29, 2018 at 7:58 pm


कुनै समयको हिट गीत ‘पैसा कसले बनायो’ गीतका गायक दिनेश गौतमले पछिल्लो समय एक डान्सिङ गीत दर्शक तथा श्रोता माझ लिएर आएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनको स्वरमा समावेश ‘बाँस काटेर’ बोलको गीत रिलिज गरिएको हो ।

कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको डान्सिङ नम्वरमा कार्टुन क्रिउ र भिमफेदी गाइजको नृत्य हेर्न सकिन्छ । निर्मल लामाले निर्देशन गरेको भिडियो निकै आकर्षक बनेको छ । २४ घण्टामा गीतको भिडियो युट्युव ट्रेन्डिङको १५ औं स्थानमा परेको छ । भिमफेदी गाइज युट्युव च्यानलबाट राखिएको भिडियोलाई १ दिनमा झण्डै ३ लाख पटक हेरिएको छ ।

फिल्मीकुरासँग संवाद गर्दै गायक दिनेशले अघिल्ला गीत जस्तै यो गीतमा पनि दर्शक श्रोताले साथ दिने विश्वास व्यक्त गरे । उनी विगत १९ वर्षदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर लागिरहेका छन् । सार्वजनिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन तथा पवन सुसलिङको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)