गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)


Filmy Kura, Dec 31, 2018 at 6:17 pm


चलचित्र ‘गोपी’को नयाँ गीत रिलिज भएको छ । सोमबार डिजिटल पाटनर ओ.एस.आर. युट्युव च्यानल मार्फत फिल्मको गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा विप्लव प्रतिकको शब्द रचना, कल्याण सिंहको संगीत तथा गायक शिव परियारको स्वर रहेको छ । ‘तेरो आफ्नो’ बोलको गीतको भिडियोमा कलाकार विपिन कार्की फिचर भएका छन् । गाइपालक कृषकको कथावस्तु माथि केन्द्रित यो चलचित्रलाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमली लगायतका कलाकारले अभिनय गरेका छन् ।

आगामी माघ १८ गते अल नेपाल प्रदर्शनमा आउने यस चलचित्रलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् । निमेश श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी र श्रीधर पौडेलले लगानी गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
पैसा कसले बनायो गीतका गायक दिनेशले ल्याए अर्को डान्सिङ नम्वर (भिडियो)