प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो


Filmy Kura, Jan 14, 2019 at 5:05 pm


आउदो माघ २५ लाई रिलिज मिति तय भएको फिल्म ‘प्रेमलीला’ को रिलिज पोष्टपोन्ड गरिएको छ । फिल्मको भिएफएक्सको काम सकिन समय लाग्ने भएपछि तोकिएकै मितिमा फिल्म लगाउन निर्माण यूनिट असमर्थ भएको हो ।

निर्माण यूनिटले दिएको नयाँ रिलिज डेट अनुसार ‘प्रेमलीला’ आगामी फागुन १० गते सार्वजनिक प्रदर्शनमा आउनेछ । फिल्मकी नायिका दीपशिखा खड्काले आगामी फागुन १० लाई फिल्म चलाउने निर्णय वितरक कम्पनी र निर्माण यूनिटबीच भएको आधारिक जानकारी दिएकी छिन् । यो चलचित्रले अन्तरदेशिय प्रेमकथा पर्दामा उठान गरेको छ । छिट्टै ट्रेलर आउटको तयारीमा रहेको टिमले यस अघि फस्टलुक र दुई गीत भने सार्वजनिक गरिसकेको छ । चलचित्रमा दीपशिखा खड्का, अलिखान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, अर्चना शुक्ला आदिको अभिनय रहेको छ । नेपाली सहित केही भारतीय मूलका कलाकारले समेत यो फिल्ममा अभिनय गरेका छन् ।

चलचित्रमा नानीमैया कार्की र फैजिलफिल्मस्को लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

साथीको महत्व झल्काउने वीर विक्रम २ ट्रेलर सार्वजनिक (भिडियो सहित)
टिका र राजको स्वरमा याद सार्वजनिक (भिडियो सहित)
बीर विक्रम २ को दोस्रो गीत रिलिज, पल–वर्षा फिचर (भिडियो)
गोपीकृष्ण हलमा घेरिए सलोन, यात्रा मन पराए दर्शकले