गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
माघ ४ गतेबाट अल नेपाल प्रदर्शनमा आउने चलचित्र ‘गरुड पुराण’ मा भित्रिएकी छिन् नवनायिका प्रियंका सिहं ठकुरी । केही म्युजिक भिडियो खेलेपछि फिल्म क्षेत्रमा आएकी उनी पहिलो फिल्मबाटै दर्शकमाझ मार्क भइन्छ भन्ने कुरामा विश्वस्त छिन् ।
फिल्मीकुरासँग संवाद गर्दै उनले डेव्यु अनुभव देखि मनपर्ने कलाकार सम्मको बारेमा आफ्ना भनाइ राखेकी छिन् । यतिबेला अर्की नायिका प्रियंका कार्कीले एकपछि अर्को फिल्म गरिरहेकी छिन् । प्रेम र फिल्मका कारण चर्चामा रहेकी प्रियंका कार्कीसँग नाम जुध्न पुग्दा कतिपयले डेव्यु नायिका प्रियंका सिहं ठकुरीलाई नाम चेन्ज गर्न समेत सुझाव दिएका रहेछन् । जून कुरा उनले फिल्मीकुरा टिभीको अन्तर्वार्तामा खोलेकी छिन् ।
कमेडी जनराको यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । प्रियंकाको अलवा नाजिर हुसेन, कर्मा शाक्य, कामेश्वर चौरासिया, तुलिना तुलाधर आदिको प्रमुख भूमिका ‘गरुड पुराण’ मा रहेको छ ।
हेरौ डेव्यु नायिका प्रियंका र कलाकार कामेश्वरसँग गरिएको रमाइलो कुराकानी ।
Leave a Reply