चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा


Filmy Kura, Jan 14, 2019 at 6:42 pm


बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको कथामा एक फिल्म निर्माण गरिएको छ । फिल्मको नाम हो ‘कोपीला’ । सोमबार चितवनमा एक कार्यक्रमको आयोजना गरी यो फिल्मको छायांकन सम्पन्न भएकोे जानकारी दिइएको हो ।


कन्चनपुरकी निर्मलाको हत्या अझै रहस्यमय नै छ । बलात्कारी र हत्यारा अझै पत्ता लाग्न नसकिरहेको अवस्थामा सेन्सेटिभ विषय उठान गर्दै फिल्म निर्माण गरिएको हो । चलचित्रलाई शिवम अधिकारीले लेखन तथा निर्देशन गरेका छन् । समारोहमा बोल्दै उनले भने, ‘स्व. निर्मलाको बलात्कार र हत्या पछि सिर्जित सामाजिक स्थिती र हाल सम्मको अवस्था फिल्ममा चित्रण गरेका छौ । हत्यारा पत्ता नलाग्दा राजनैतिक चलखेल र पन्त परिवारमा परेको मनोवैज्ञानिक परिस्थितीलाई पनि देखाउने प्रयास गरेका छौ ।’ चलचित्रको प्रमुख पात्र निर्मला अर्थात ‘कोपीला’ को भूमिकामा संजीवनी खरेललाई फिचर गरिएको छ ।

गणेश गिरी प्रस्तुत यस चलचित्रलाई मणिराज गौतम र करुणा घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)
पैसा कसले बनायो गीतका गायक दिनेशले ल्याए अर्को डान्सिङ नम्वर (भिडियो)