उपासना र प्रियंकालाई अनमोल भन्दैछन् सक्दिन कि बाच्न (भिडियो)


Filmy Kura, Mar 8, 2019 at 5:35 pm


चलचित्र ‘क्याप्टेन’ को अर्को गीत युट्युव मार्फत रिलिज गरिएको छ । डिजिटल पार्टनर ओएसआर मार्फत शुक्रबार फिल्ममा समावेश ‘सक्दिन कि बाच्न’ बोलको गीत सार्वजनिक गरिएको हो ।

फागुन १७ देखि देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘क्याप्टेन’ लाई भुवन केसीले निर्माण गरेका हुन् । नायक अनमोल केसीको साथमा द्धय नव नायिका उपासना सिंह ठकुरी र प्रियंका एमभीको फिल्ममा मुख्य भूमिका छ । यि तीनको अलवा सरोज खनाल, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, राजाराम पौडेलको समेत फिल्ममा अभिनय रहेको छ । हाल सार्वजनिक गीतमा भने अर्जुन पोखरेलले संगीत भरेका छन् । दिग्गज दौरालीको शब्द रहेको गीतलाई सुमन केसी र दीपा लामाले गाएका छन् ।

हाल दोस्रो सातामा प्रदर्शनरत यस फिल्मलाई दिवाकार भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । पहिलो साताको व्यापार सन्तोषजनक रहेको फिल्म निर्माण पक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोल–सुहानाको परानलाई २४ घण्टामा वान मिलियन भ्यूज
ए मेरो हजुर ३ को अर्को गीत सार्वजनिक, अनमोल–सुहाना भन्दैछन् परान
चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त
५ दर्जन हलमा कागजपत्र प्रदर्शन, प्रिमियरमा मिश्रित प्रतिक्रिया