Birthday Boy प्रदीप खड्काको जीवनकहानी – सुपर फ्लप डेब्यु, प्रेमगीतले बनायो स्टार


Filmy Kura, Mar 10, 2019 at 12:53 pm


चल्तीका नायक प्रदीप खड्काको आज जन्मदिन । २७ वर्षबाट २८ मा लागेका उनी सानो मिहेनतले स्टार बनेका भने होइनन् ।

धेरै कमलाई मात्र थाहा छ उनको फिल्मी यात्रामा डेव्यु फिल्म सुपर फ्लप भयो भने त्यसपूर्व उनले टेलिभिजनमा एमसिआर देखि मार्केटिङ सम्मको काम गरेका छन् । केही गरौ भन्ने सोच भएका प्रदीपले ‘स्केप’ नामक फिल्म आफैले लेखेका र प्रमुख कलाकार भएर खेलेका थिए । उक्त सिनेमाले झुर व्यापार गरेपछि कसरी अगाडि बढ्ने अन्यौलमा रहेका प्रदीपलाई निर्देशक सुदर्शन थापाले ‘प्रेमगीत’ मा लिएपछि भने भाग्य बदलिएको हो । सन्तोष सेन निर्मित उक्त फिल्म नै उनको जीवनमा टर्निङ्ग प्वाइन्ट बन्न पुग्यो ।

त्यस पूर्व ‘स्केप’ र ‘ठूलो मान्छे’ फिल्ममा काम गरेका प्रदीप पछिल्लो समयमा डिमाण्डेड नायकमा गनिन्छन् । ‘प्रेमगीत’ र यसको सिक्वेलमा काम गरेपछि अत्याधिक दर्शक माया पाएका उनले ‘लिलिबिली’ बाट पनि उस्तै माया पाउन सफल भए । अघिल्लो रिलिज फिल्म ‘रोज’ भने उनलाई फापेन । दर्शकले ‘रोज’ लाई रिलिज समयमा नरोजेपछि उनको करिअरमा केही हद सम्म असर पुग्यो । यद्धपि त्यसलाई पाठको रुपमा लिदै उनले राम्रो व्यानर, राम्रो स्क्रिप्ट, राम्रो टिमसँग मात्र काम गर्ने निर्णय लिए । अहिले उनी अभिनित फिल्म ‘लभ स्टेनशन’ रिलिज तयारीमा रहेको छ ।

‘प्रेमगीत’ बाट क्लिक भएका प्रदीपको थुप्रै फ्यान फलोअर्स रहेका छन् । उनी अध्ययनशिल नायकमा पनि पर्छन । फिल्म क्षेत्रलाई रोज्ने क्रममा कतिले बिचमै पढाईलाई छाड्नुपर्ने अवस्था आएको छ । तर उनले मास्टर्स सम्मको अध्ययन पूरा गरेपछि मात्र चलचित्र क्षेत्रलाई कर्म बनाए । ललितपुरमा जन्मिएका प्रदीप अविवाहित हुन् । बेला बखत प्रेम प्रसङ्गले पनि उनी चर्चाको पात्र बन्छन् । दुई फिल्ममा सँगै काम गरेपछि नायिका जसिता गुरुङसँग प्रेम रहेको भन्ने चर्चा चल्यो तर यि दुवैले आफूहरु मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् ।

उनी सँग गरिएको कुराकानी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोल–सुहानाको परानलाई २४ घण्टामा वान मिलियन भ्यूज
ए मेरो हजुर ३ को अर्को गीत सार्वजनिक, अनमोल–सुहाना भन्दैछन् परान
चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त
५ दर्जन हलमा कागजपत्र प्रदर्शन, प्रिमियरमा मिश्रित प्रतिक्रिया