च्यारिटी शो हेर्ने दर्शकले रुचाए पुरानो बुलेट, पर्खाइ चैत्र १ को


Filmy Kura, Mar 10, 2019 at 1:26 pm


चलचित्र ‘पुरानो बुलेट’ को केही दिन पहिले पथरीमा च्यारिटी शो गरिएको थियो । जहाँ फिल्म हेरेका दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

अनुप विक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको फिल्मलाई च्यारिटी शो हेर्ने दर्शकले फिल्म राम्रो लागेको प्रतिक्रिया दिएका थिए । गरिव तथा असहाय विद्यार्थीको सहयोगार्थ गरिएको च्यारिटी शोमा ५ सय भन्दा बढी दर्शकको उपस्थिती रहेको थियो । च्यारिटी शोमा कलाकार अनुप विक्रम शाही, माला लिम्बु, निर्माता सन्तोष राई र निर्देशक भिषण राईपनि सहभागी भएका थिए ।
यस अघि हङकङमा फिल्मको प्रिमियर गरिएको थियो । प्रिमियर तथा च्यारिटी शोबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण यूनिट यतिबेला चैत्र १ को पखाईमा रहेको छ । किनकि यहि डेटबाट फिल्म अल नेपाल प्रदर्शनमा आउँदैछ । कलाकार अनुपले फिल्मीकुरासँग संवाद गर्दै दर्शकले निराश हुनुपर्ने अवस्था नआउने दाबी गरेका छन् । उनले भने, ‘पुरानो बुलेटमा मैले गरेको क्यारेक्टर दर्शकलाई नौलो लाग्नेछ । म यो फिल्मबाट एकदमै आशावादी छु ।’

पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । हरि घले लामाले खिचेको फिल्ममा अशोक कुमार राई, टिकाराम राई, विरेन सम्बा र दिपेन लिम्बुको लगानी रहेको छ । चलचित्रको गीतमा उत्तमजंग लिम्बुले संगीत भरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

झण्डै ३ हजार आवदेनबाट २५ जनाको छनौट, को बन्लिन् गीत ?
वीर विक्रम २ को भव्य प्रिमियर, के भने त सेलिव्रेटीजले ?
शिक्षिकाको हत्यारा वरिपरि घुमेको कुम्भ करण, हुँदैछ जेठ १७ मा रिलिज
विराज भट्टले गरे साङ्लो निर्माण घोषणा, वैशाख २४ देखि सुटिङ गरिने