पीडामा ज्योतिष हरिहर अधिकारी, सपना टुक्रिएपछि दिए भाग्यलाई दोष (भिडियो)


Filmy Kura, Mar 12, 2019 at 6:03 pm

भाग्यलाई दोष दिदै युवा ज्योतिष हरिहर अधिकारीले आफ्ना पीडा अभिव्यक्त गरेका छन् । रियल लाइफमा नभई रिलमा उनले पीडा अभिव्यक्त गरेका हुन् । ज्योतिष सेलिब्रेटी हरिहरले पहिलो पटक नायक भएर अभिनय गरेको चलचित्र ‘शुभ लभ’ मा समावेश स्याड भर्सन मंगलबार युट्युव मार्फत रिलिज गरिएको हो ।

डिजिटल पार्टनर ओएसआर मार्फत रिलिज गरिएको ‘टुक्रियो सपना’ बोलको गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । ज्योतिषी पेशामा सफल ठहरिएका हरिहर फिल्म क्षेत्रमा भने कतिको सफल रहलान् त्यो भने उनी स्वयमले भविष्यवाणी गर्न सकेका छैनन् । यसको रिजल्ट त चैत्र १५ पछिको दिनले नै बताउनेछ । किनकि चैत्र १५ गते देशभरका सिनेमा घरमा यो फिल्म प्रदर्शन हुँदैछ । हरिहर अधिकारी, कृष्टिन पौड्याल, राजाराम पौड्याल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ । कृष्टिनले पनि यसै फिल्मबाट नायिकामा डेव्यु गरेकी हुन् ।

सन्तोष बाबु लोहनी निर्देशित फिल्ममा धर्मराज शर्माको लगानी रहेको छ । प्रदीपकुमार उदय प्रस्तुत चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अभिमन्यु निरवीको संवाद तथा लेखन, फस्ट नेपाल स्टन्ट टिमको द्धन्द रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

झण्डै ३ हजार आवदेनबाट २५ जनाको छनौट, को बन्लिन् गीत ?
वीर विक्रम २ को भव्य प्रिमियर, के भने त सेलिव्रेटीजले ?
शिक्षिकाको हत्यारा वरिपरि घुमेको कुम्भ करण, हुँदैछ जेठ १७ मा रिलिज
विराज भट्टले गरे साङ्लो निर्माण घोषणा, वैशाख २४ देखि सुटिङ गरिने