कुमारी हलमा दर्शकसँगै बसेर कलाकारले हेरे पुरानो बुलेट, मिल्यो मिश्रित प्रतिक्रिया


Filmy Kura, Mar 15, 2019 at 1:11 pm


काठमाडौंको कुमारी हलमा ‘पुरानो बुलेट’ यूनिटले दर्शकसँगै बसेर पहिलो शो हेरेको छ । चैत्र १ देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्रको पहिलो शो हेर्न अतिथि चलचित्रकर्मी पनि पुगेका थिए ।

फिल्मका शीर्ष कलाकार अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु सहित नायिका नम्रता श्रेष्ठ, निर्देशक मिलन चाम्स, मोडल निराजन प्रधान लगायतका चलचित्रकर्मी फिल्म हेर्न हल पुगेका थिए । भिषण राई निर्देशित फिल्म हेरिसकेपछि प्रतिक्रिया दिदै निर्माता तथा निर्देशक मिलन चाम्सले भने, ‘यो फिल्मले उठाएको कन्टेन्ट मलाई मन प¥यो । पछिल्लो समय कन्टेन्ट वेसका फिल्म नै चलेको उदाहरण छ । मलाई लाग्छ यो फिल्मले दर्शकको मन जित्नेछ ।’ उनले सबै कलाकारको काम राम्रो लागेको भनाइ राखे । नायिका नम्रताले भने फिल्मले बारे कुनै प्रतिक्रिया जनाइनन् । यता फिल्मका मुख्य कलाकार अनुप विक्रम शाहीले दर्शक तथा अन्य चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले थप उर्जा मिलेको बताए । उनले यो फिल्ममा गाउले एक अल्लारे युवकको भूमिका निर्वाह गरेका छन् । रोजगारीको लागि विदेश जाने सोच बनाएको युवाले नेपालमै केही गर्न सक्छ भन्ने उदाहरण नै फिल्म भित्र उनले वहन गरेको चरित्र हो । आगामी दिनमा आफूलाइ अझ सशक्त र फरक भूमिकामा प्रस्तुत गर्दै जाने अनुपको भनाइ छ ।


यता वर्षाको अभिनयले पनि दर्शकको मन जितेको छ । एकोहोरो माया गरिरहने चरित्र निभाएकी वर्षा अनुपको जोडीको रुपमा देखिएकी छिन् । उनले फिल्म हेरेर साथ दिन दर्शकलाई अनुरोध गरेकी छिन् । माला लिम्बु जो आइटम गीतमा नृत्य गरेर चर्चामा आएकी थिइन् यो फिल्ममा भने उनको चरित्र दर्शकलाई बोल्ड लाग्न सक्छ । डेव्यु निर्देशक भिषण राईले चलचित्रको कथा, प्रस्तुतिकरण कतैबाट प्रभावित नभएको बताए ।

चलचित्रलाई बिहानी शो हेर्ने दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । ग्रामिण परिवेशको कथा बोल्ने फिल्म पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको हो । क्रेजि इन्टरटेन्मेन्ट प्रस्तुत यस चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया लगायतको अभिनय रहेको छ । सन्तोष राईले यो चलचित्रको निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

झण्डै ३ हजार आवदेनबाट २५ जनाको छनौट, को बन्लिन् गीत ?
वीर विक्रम २ को भव्य प्रिमियर, के भने त सेलिव्रेटीजले ?
शिक्षिकाको हत्यारा वरिपरि घुमेको कुम्भ करण, हुँदैछ जेठ १७ मा रिलिज
विराज भट्टले गरे साङ्लो निर्माण घोषणा, वैशाख २४ देखि सुटिङ गरिने