प्रदीप–जसिताको लभ स्टेशन रिलिज, सर्वाधिक हल पाएको मेकरको दाबी


Filmy Kura, Apr 5, 2019 at 2:06 pm

आज चैत्र २२ गतेदेखि प्रदीप खड्का र जसिता गुरुङ लिड रोलमा रहेको चलचित्र ‘लभ स्टेशन’ देशभरका हलमा रिलिज भएको छ । फिल्मका निर्माता गोविन्द शाहीले यो चलचित्रले हाल सम्मकै सर्वाधिक हल पाएको बताएका छन् । उनले देशभर गरेर १०४ पर्दामा यो चलचित्र लागेको दाबी गरे ।

काठमाडौंको कुमारी हलमा बिहानी शोमा पत्रकार र चलचित्रकर्मीलाई यो फिल्म देखाइएको थियो । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले भने एक्पेक्टेसन हाइ भएको र त्यो फिल्मबाट आफूले नपाएको बताइन् । उनले भनिन्, ‘वडा नम्वर छ निर्देशन गरेपछि उज्जव घिमिरे दाईबाट अझ बढी अपेक्षा थियो । तर यो फिल्ममा मैले पाइन् ।’ यो चलचित्रलाई उज्वल घिमिरेले लेखन तथा निर्देशन गरेका हुन् । तर उज्वलसँग प्रतिक्रिया दिदा उनले भने, ‘एउटा पियोर लभ मैले यो फिल्ममा देखाउने कोसिस गरेको छु । हेर्ने प्रायले राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।’

कलाकार प्रदीप खड्काले यो फिल्ममा प्रेमी प्रेमीकाको मात्र माया नदेखाई एक सन्तान प्रति अभिभावकको माया र सद्भाव देखाउन खोजिएको बताए । उनले चलचित्र दर्शकलाई नौलो सावित हुने विश्वास व्यक्त गरे । यता नायिका जसिता गुरुङले फिल्म हेर्दा आफू इमोशनल भएको बताइन् । कतिपय सिनहरुमा त फिल्म हेर्दा आसु नै आएको भनाइ राखिन् । डेव्यु कलाकार प्रकाश शाहले नेगेटिभ चरित्र वहन गरेका छन् । उनले आफू कलाकारको रुपमा स्थापित हुन चाहेको बताए । फिल्ममा यि तीनको अलवा रमेश बुढाथोकी, रवि डंगोल, सिरु विष्ट, प्रिया रिजाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

काफिया फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्र दार्जिलिङ र इलाम आसपासमा छायांकन गरिएको छ । फिल्मको मेकिङ पक्ष राम्रो रहेको अडियन्सले प्रतिक्रिया दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

साथीको महत्व झल्काउने वीर विक्रम २ ट्रेलर सार्वजनिक (भिडियो सहित)
टिका र राजको स्वरमा याद सार्वजनिक (भिडियो सहित)
बीर विक्रम २ को दोस्रो गीत रिलिज, पल–वर्षा फिचर (भिडियो)
गोपीकृष्ण हलमा घेरिए सलोन, यात्रा मन पराए दर्शकले