सुहानालाई सत्य भन्छु भनेर वाचा गर्दै अनमोल (अडियो सङ)


Filmy Kura, Apr 8, 2019 at 5:06 pm


प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘ए मेरो हजुर ३’ को अर्को गीत सार्वजनिक भएको छ । सोमबार युट्युव च्यानल मार्फत फिल्मको ओएसटी सङको अडियो भर्सन रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा नायक अनमोल केसीले नायिका सुहाना थापालाई सत्य भन्छु भन्दै वाचा गरेका छन् । रवि मल्लको शब्द रचनामा कल्याण सिहं संगीतवद्ध गीतलाई प्रताप दासले गाएका छन् । गीतको एरेन्जर उदयराज पौडेल हुन् । वर्ष २०७५ को अन्तिम रिलिज चलचित्र हो ‘ए मेरो हजुर ३’ । चैत्र २९ लाई रिलिज तय भएको फिल्मले नयाँ वर्ष २०७६ लाई स्वागत सँगै हलसम्म दर्शक ल्याउला कि भन्ने अपेक्षा फिल्म वृत्तमा गरिएको छ । झरना थापा निर्देशित म्यूजिकल लभस्टोरी फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हन् । सुहाना नेपाली फिल्मको लागि नयाँ अनुहार हुन् भने अनमोल स्थापित कलाकार । आधा दर्जन फिल्म गरेका अनमोल माथि नेपाली चलचित्र क्षेत्रले ठूलो भरोसा गरेको छ ।

यस अघि सार्वजनिक गीत र ट्रेलरलाई दर्शकले अत्याधिक मन पराएका छन् । हेरौ फिल्मले कतिको दर्शक तान्न सफल रहला त्यसका लागि भने आउदो शुक्रबार सम्म कुर्नैपर्ने हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

साथीको महत्व झल्काउने वीर विक्रम २ ट्रेलर सार्वजनिक (भिडियो सहित)
टिका र राजको स्वरमा याद सार्वजनिक (भिडियो सहित)
बीर विक्रम २ को दोस्रो गीत रिलिज, पल–वर्षा फिचर (भिडियो)
गोपीकृष्ण हलमा घेरिए सलोन, यात्रा मन पराए दर्शकले