ए मेरो हजुर ३ प्रिमियरमा मिश्रित प्रतिक्रिया, को को पुगे त ?


Filmy Kura, Apr 12, 2019 at 11:05 am


प्रेमकथानक चलचित्र ‘ए मेरो हजुर ३’ को काठमाडौंमा प्रिमियर शो गरिएको छ । बिहीबार साँझ काठमाडौंमा रहेको कुमारी सिनेमा हलमा यो फिल्मको रेड कार्पेट प्रिमियर शो गरिएको हो ।


चलचित्र हेर्न दीपकराज गिरी, दीपाश्री निरौला, करिष्मा मानन्धर, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), सन्दीप क्षेत्री, नीता ढुंगाना लगायतका कलाकार हल पुगेका थिए । अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । सुहाना निर्देशक झरनाको छोरी हुन् । लभस्टोरी जनराको फिल्म हेरेपछि आमन्त्रित अतिथिले ‘ए मेरो हजुर ३’ ले दर्शकलाई होल्ड गर्ने बताए । सेकेण्ड हाफ पछि चलचित्र लयमा बाधिएको छ । डेव्यु नायिका सुहानाको धेरैले खुलेर तारिफ गरे । उनले अभिनयमा आफ्नो सम्भावना देखाएकी छिन् । नायिका करिष्माले त सुहानाले झरनाले झै अभिनय गरेर सबैको मन जितेको भन्दै खुल्ला हृदयले प्रशंसा गरिन् । एक स्टार गायकसँग एक लेडिज फ्यानको कसरी माया बस्छ भन्ने कुरा यो चलचित्रले बोलेको छ । स्टार गायकको चरित्रमा नायक अनमोल केसीले अभिनय गरेका छन् । सुनिल कुमार थापा निर्मित फिल्ममा हासो, रोदन र रोमान्सको समिश्रण रहेको छ । अनमोल र सुहानाको अलवा चलचित्रमा सलोन बस्नेत, रियर राई, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

आज शुक्रबार देखि यो चलचित्र देशभर प्रदर्शनमा आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

साथीको महत्व झल्काउने वीर विक्रम २ ट्रेलर सार्वजनिक (भिडियो सहित)
टिका र राजको स्वरमा याद सार्वजनिक (भिडियो सहित)
बीर विक्रम २ को दोस्रो गीत रिलिज, पल–वर्षा फिचर (भिडियो)
गोपीकृष्ण हलमा घेरिए सलोन, यात्रा मन पराए दर्शकले