गोपीकृष्ण हलमा घेरिए सलोन, यात्रा मन पराए दर्शकले


Filmy Kura, Apr 12, 2019 at 4:31 pm


शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘यात्रा’ लाई गोपीकृष्ण हलमा हेर्न आएका दर्शकले राम्रो लागेको प्रतिक्रिया दिएका छन् । शुक्रबार दिवा समय फिल्मका कलाकार सलोन बस्नेत र मलिका महत चावहिलमा अवस्थित गोपीकृष्ण हल पुगेका थिए । फिल्म हेरेर बाहिर निस्किएका दर्शकले यि दुई कलाकारलाई नोटिस गरे र घेरा हालिहाले । त्यसो त मलिका फिल्म क्षेत्रका लागि नयाँ अनुहार हुन् । फिल्म मनपरेका कारण हुनसक्छ डेव्यु एक्ट्रेस मलिकासँग दर्शकले सेल्फी खिचे । यता सलोनलाई भने युथ अडियन्सले घेरामा राखेर नयाँ वर्षको शुभकामना दिने देखि अटोग्राफ लिने सम्मको काम गरे । चलचित्रलाई दर्शकले दिएको प्रतिक्रियाबाट सलोन र मलिका निकै खुसी मुद्रामा देखिन्थे । नायक सलिनमान बँनिया भने अनुपस्थित थिए ।

त्यसो त सलोन चैत्र २९ रिलिज दुवै फिल्म ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ मा आबद्ध छन् । तर शुक्रबार उनी ‘यात्रा’ को माहोल बुझ्न हल पुगेका थिए । उनले दुवै फिल्ममा उत्तिकै मिहेनत गरेको भन्दै दर्शकलाई आ–आफ्नो च्वाइसको फिल्म हेर्न आग्रह गरे । सम्राट शाक्यको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई केशव भट्टराई, सुशिल पोखरेल र सर्जुमान लिगले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

साथीको महत्व झल्काउने वीर विक्रम २ ट्रेलर सार्वजनिक (भिडियो सहित)
टिका र राजको स्वरमा याद सार्वजनिक (भिडियो सहित)
बीर विक्रम २ को दोस्रो गीत रिलिज, पल–वर्षा फिचर (भिडियो)
ए मेरो हजुर ३ प्रिमियरमा मिश्रित प्रतिक्रिया, को को पुगे त ?