एकोहोरो प्रेममा साम्राज्ञी, माया पाउन प्रेमीलाई यस्तो सम्म गरिन् (भिडियो)


Filmy Kura, Aug 5, 2019 at 4:27 pm


एकोहोरो प्रेम गर्ने नारीले प्रेमीको माया पाउन के सम्म गर्न सक्ला ? यसको जवाफ व्यक्ति पिच्छे फरक आउन सक्छ तर नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भने प्रेमी पुष्प खड्काको माया पाउन हदै पार गरेकी छिन् । यि दुई कलाकारको शीर्ष भूमिका रहेको चलचित्र ‘मारुनी’ को सार्वजनिक ट्रेलरमा यहि कुरा चित्रित गरिएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । पुनम इन्टरटेन्मेन्टको लागि पुनम गौतम निर्मित यस चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । पुष्प र साम्राज्ञीको अलवा फिल्ममा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, विनोद भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् । रेविकाले यसै चलचित्रबाट रजतपटमा डेव्यु गरेकी हुन् ।


ट्रेलर रिलिज समारोहमा बोल्दै नायिका साम्राज्ञीले निर्देशक नवल र निर्मात्री पुनमको तारिफ गरिन् । उनले निर्देशक नेपालबाट धेरै कुरा सिक्ने मौका आफूले प्राप्त गरेको बताइन् । उता निर्मात्री पुनमबाट आमाको जस्तै माया र केयरिङ मिलेको साम्राज्ञीको भनाइ थियो । यस्तै नायक पुष्पले आफू एक विद्यार्थी रहेको भन्दै चलचित्र क्षेत्रबाट केही न केही शिक्षा प्राप्त गरिनै रहेको बताए । उनले निर्देशक नवल नेपाल नै आफ्नो पहिलो रोजाईको निर्देशकमा पर्ने खुलासा गरे । डेव्यु एक्ट्रेस रेविका भने भावुक भइन् । पछिल्लो समय अग्रजलाई सम्मान गर्ने संस्कार हराई रहेका बेला रेविकाले पुष्प र साम्राज्ञीलाई सर र म्याम भनेर सम्बोधन गर्दै आफ्नो महानता देखाईन् । निर्देशक नवलले आधुनिक समाजले एक्सेप्ट गर्ने प्रकारको चलचित्र बनाएको दाबी गरे । उनले समयक्रम अनुसार यस अघिका चलचित्र भन्दा केही भिन्न स्वाद दर्शकले महसुस गर्ने भनाइ राखे । निर्मात्री पुनम गौतमले यो फिल्म रिलिज डेटमा भारतीय चलचित्र आउने कुरामा आफ्नो फरक मत राखिन् । उनले चलचित्र वितरकहरु नेपाली फिल्म प्रति उतिसारो उत्तरदायि नभएको भन्दै मिहेनत गरेर ल्याएको सिर्जनालाई दर्शकले साथ दिने विश्वास व्यक्त गरिन् ।

आज नाग पञ्चमी परेकाले ट्रेलर रिलिज समारोहमा फिल्मका शीर्ष कलाकारको इन्ट्रिमा ४ नारीलाई नागकन्याको भेषमा प्रस्तुत गरिएको थियो । त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्र आगामी भदौ १३ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्र विदेशका विभिन्न स्थानमा समेत रिलिज तय भएको निर्माण यूनिटले जनाएको छ । फिल्मको एक गीतमा आवाज भरेका गायक दीपक बज्रचार्यले समारोहमा गीत गाएर सुनाए । गोविन्द फुँयाल र नवल नेपालको संयुक्त लेखनमा तयार चलचित्रमा निर्मात्री पुनमलाई लगानीमा राजा प्रधान, दर्शन केसी र मीना क्षेत्रीले सघाएका छन् । सञ्जय लामाको छायांकन रहेको यस चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।

हेर्नुस् यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अन्जु र पुरुषोत्तमको स्वरमा सेल्फी किङ्गको जाली रुमाल गीत सार्वजनिक (भिडियो)
कलाकार गजित विष्ट बने रावण, २ वर्षको तयारी पछि यस्तो बन्यो गीत (भिडियो)
कस्तो चल्यो त फिल्म माया पिरिम ?
कमेडी र लभस्टोरीको समिश्रण रहेको फिल्म माया पिरिमको ट्रेलर रिलिज (भिडियो)