‘म’ शीर्षकको फिल्म निर्माण घोषणा, कान्तिपुर फिल्म एकेडेमीको लगानी रहने


Filmy Kura, Aug 5, 2019 at 4:59 pm


अचेल चलचित्रको टाइटल बडो अजिवको जुराउन थालिएको छ । त्यसमा पनि कतिपय फिल्मका शीर्षक त दर्शक नै झुक्किने खालका छन् । यसैबीच सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘म’ टाइटलमा फिल्म निर्माण गरिने घोषणा गरिएको छ ।

चलचित्र सम्बन्धि अध्यापन गराउदै आएको संस्था कान्तिपुर फिल्म एकेडेमीले ‘म’ नामक चलचित्रको निर्माण गर्न लागेको हो । थुप्रै चलचित्रमा एसिस्टेन्ट डिरेक्टर भएर काम गरिसकेका परिच्छेद सेनले यो चलचित्रको निर्देशन गर्ने भएका छन् । उनी कान्तिपुर कलेजकै पहिलो व्याचका स्टुडेन्ट समेत हुन् । कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले झण्डै ९० लाखको लगानीमा यो चलचित्र निर्माण गर्न लागिएको फिल्मीकुरालाई जानकारी दिए । चलचित्रमा सिनियर आर्टिष्ट विजय लामा र सरिता लामिछाने सहित कान्तिपुर एकेडेमी मै एक्टिङ कोर्ष गरेका नयाँ ट्यालेन्टलाई स्थान दिइएको छ । रेवती क्षेत्री, संजोग रसाईली, अनिल कँडेल, कुसुम गुरुङ, रेविका गुरुङ लगायतका कलाकारको अभिनय यो चलचित्रमा रहनेछ ।

यो फिल्मलाई तेन्जिन पाल्देनले खिच्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अन्जु र पुरुषोत्तमको स्वरमा सेल्फी किङ्गको जाली रुमाल गीत सार्वजनिक (भिडियो)
कलाकार गजित विष्ट बने रावण, २ वर्षको तयारी पछि यस्तो बन्यो गीत (भिडियो)
कस्तो चल्यो त फिल्म माया पिरिम ?
कमेडी र लभस्टोरीको समिश्रण रहेको फिल्म माया पिरिमको ट्रेलर रिलिज (भिडियो)