साईनो हेरेपछि उपप्रधानमन्त्री पोखरेलले भने, ‘कथा मन छुने रहेछ’


Filmy Kura, Aug 9, 2019 at 12:27 pm


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार एका बिहानै चलचित्र ‘साईनो’ हेरेका छन् । आजैदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्रको विशेष शो हेरेपछि उपप्रधान तथा रक्षामन्त्री पोखरेलले यस चलचित्रको कथा निकै मन छुने रहेको प्रतिक्रिया दिए ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा वैदेशिक रोजगारिका लागि महिला बेचिने, ठगिने देखि अन्य कुरालाई पनि चित्रित गरिएको छ । यसै सन्दर्भमा पछिल्लो समय यो समयस्याले मूल जरो गाडेर बसेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘हो फिल्ममा उठान गरिए झै वैदेशिक रोजगारका सिलसिलामा बाहिर जादा धेरै महिला तथा पुरुषको भनिए अनुसार काम नभएको, धेरै दुख आइपरेको सुनिन आएको छ । त्यस्ता दुःख कष्ट परेकालाई राज्यले स्वेदश फिर्ताको लागि समन्यवकारी भूमिका खेलिरहेको छ ।’ टिपिकल कथामा वस्तुमा आधारित यो चलचित्र आफूलाई पोखरेलको भनाइ थियो । उनले फिल्मकी प्रस्तुतकर्ता तथा कलाकार भुवन थापाको प्रशंसा गरे । नेपालको प्रथम नायिका समेत रहेकी भुवन निर्मित यो चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् ।


यता निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले ५३ वर्षदेखि फिल्म क्षेत्रमा अहोरात्र लागिपरेकी भुवन थापाको फिल्म साच्चै राम्रो बनेको भनाइ राखिन् । सबै कलाकारको काम मन परेको भन्दै उनले भुवन थापालाई फिल्म निर्माणमा आएकोमा सेलुट गरिन् । कलाकार थापाले लामो समय अभिनय क्षेत्रमा व्यतित गरेपछि पहिलो निर्माण स्वरुप ‘साईनो’ बनाएकी हुन् । कलाकार नवल खड्काले चलचित्र राम्रो लागेको भन्दै यस्तै फिल्म अरुपनि बन्नुपर्ने बताए । निर्मात्री तथा अभिनेत्री भुवनले ‘साईनो’ फिल्म हेर्दा श्रीमान माइकल चन्दको याद आएको बताइन् ।


चलचित्रमा मिरुना मगर, राजकुमार, नीता ढुंगाना, बिशाल पहाडी, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ । मिरुनाले ग्रामिण परिवेशको सोझी महिलाको भूमिका निर्वाह गरेकी छिन् । यता नीताको क्यारेक्टर भने केही बोल्ड देखिएको छ । डेव्यु हिरो राजकुमार फिल्मबाट प्राप्त प्रतिक्रियाले खुसी देखिए । राजा राजेन्द्रले चलचित्र समग्रमा दर्शकलाई चित्त बुझ्ने भन्दै एकपटक हेरिदिन आग्रह गरे । निर्देशक रमेश थापाले आफ्नो तर्फबाट चलचित्रलाई उत्कृष्ट बनाउन पूर्ण कोसिस गरेको भन्दै बाँकी सबै दर्शकको हातमा रहेको बताए ।

शरण थापा कार्यकारी निर्माता रहेको यस चलचित्रलाई बिहानी शोमा सञ्चारकर्मी, चलचित्रकर्मी, राजनितीकर्मी र आम दर्शकले एकसाथ पर्दामा हेरेका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अन्जु र पुरुषोत्तमको स्वरमा सेल्फी किङ्गको जाली रुमाल गीत सार्वजनिक (भिडियो)
कलाकार गजित विष्ट बने रावण, २ वर्षको तयारी पछि यस्तो बन्यो गीत (भिडियो)
कस्तो चल्यो त फिल्म माया पिरिम ?
कमेडी र लभस्टोरीको समिश्रण रहेको फिल्म माया पिरिमको ट्रेलर रिलिज (भिडियो)