चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)


Filmy Kura, Aug 11, 2019 at 4:45 pm


चलचित्र ‘हजार जुनीसम्म’ को टाइटल सङ रिलिज गरिएको छ । यो गीतको ओर्जिनल सिङ्गर उदय सोताङ हुन् भने फिल्मको लागि उहि शब्द तथा संगीतमा बाल गायक आयुष केसीले स्वर भरेका छन् । भारतको चर्चित गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’ को चौथो हुन सफल आयुषको स्वरमा गीत निकै राम्रो बनेको छ ।

गीतको बिच बिचमा नायक आर्यन सिग्देलको डायलगलाई समेत राखिएको छ । मायाको खोजिको रहेका आर्यनको दुई फरक चरित्र फिल्ममा देख्न सकिन्छ । पवन चाम्लिङको शब्दमा महेन्द्र घतानी संगीतबद्ध गीतको हाल लिरिकल भिडियो सार्वजनिक गरिएको हो । यो चलचित्र यहि साउन ३० गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रेमकथानक यस चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेश प्रधान, सलोन बस्नेत, प्रियंका कार्की, शिवहरि पौडेल, सन्चिता लुइँटेल, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् । प्रेममय चलचित्र बनाउन माहिर बिकासराज आचार्यले यो फिल्मको लेखन तथा निर्देशन गरेका हुन् । लेखनमा बिकासलाई चलचित्र पत्रकार सामिप्यराज तिमिल्सिनाले सघाएका छन् ।

यस अघि ‘नाई नभन्नु ल’ को सिरिजबाट आफ्नो बेग्लै पहिचान बनाएका निर्देशक आचार्य ‘हजार जुनीसम्म’ बाट पनि उस्तै दर्शक माया बटुल्ने दाउमा छन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

फिल्म घामड शेरेको ट्रेलर रिलिज, पर्दामा निश्चल-स्वस्तिमा साली-भेना
देशभरका हल-हलमा : छ माया छपक्कै
छ माया छपक्कैको प्रमोशनल गीत रिलिज, दुर्गेशले दीपालाई के भने यस्तो ? (भिडियो)
१३८ पर्दामा रातो टीका निधारमा प्रदर्शन, फस्र्ट शोमा यस्तो प्रतिक्रिया