कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप


Filmy Kura, Aug 12, 2019 at 8:07 pm


चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शीर्ष गीत रिलिज गरिएको छ । डिजिटल पार्टनर ओएसआरको अफिसियल युट्युब च्यानलबाट सोमबार फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

यस अघिका फिल्ममा समावेश गीत भन्दा यो अलिक भिन्न र पृथक लाग्न सक्छ । पन्चेबाजाको मिश्रणमा र्‍याप गाउँदै केही फरक गर्न खोजिएको गीतमा सन्नी सुनामको संगीत संयोजन रहेको छ । गायक कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माले रचना गरेको गीतमा यि दुबै फिचर्ड भएका छन् । कालीप्रसाद कै कन्सेप्टमा तयार भएको भिडियोलाई बिजु बज्रचार्यले निर्देशन गरेका हुन् । ब्लक बस्टर हिट फिल्म दिने निर्देशकमा सूचिकृत रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको ‘कबड्डी कबड्डी कबड्डी’ आगामी असोज ३ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । लेखनमा रामबाबुलाई उपेन्द्र सुब्बाले साथ दिएका छन् ।

चलचित्रमा मनिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको लगानी रहेको छ । शैलेन्द्र डि कार्कीको छायांकनमा तयार यस चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, उपसना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । सिनेमा आर्ट प्रस्तुत यो सिनेमालाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

फिल्म घामड शेरेको ट्रेलर रिलिज, पर्दामा निश्चल-स्वस्तिमा साली-भेना
देशभरका हल-हलमा : छ माया छपक्कै
छ माया छपक्कैको प्रमोशनल गीत रिलिज, दुर्गेशले दीपालाई के भने यस्तो ? (भिडियो)
१३८ पर्दामा रातो टीका निधारमा प्रदर्शन, फस्र्ट शोमा यस्तो प्रतिक्रिया