अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने


Filmy Kura, Aug 12, 2019 at 8:43 pm


नायक अनमोल केसी नेपाली चलचित्र बजारको अहिलेका सर्वाधिक डिमान्डेड हिरोमा पर्छन् । हत्तपत्त जुन पायो त्यहि प्राजेक्ट नगर्ने अनमोलले आफ्नो आठौं सिनेमाको नाम र रिलिज डेट सार्वजनिक गरेका छन् ।

यो वर्षको लागि उनले गर्ने प्रतिक्षित चलचित्रको नाम हो ‘एन्टी हिरो’ । यो चलचित्र सन् २०२० मा रिलिज हुने कुरा स्वयम नायक केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना सम्पूर्ण फ्यान र अडियन्सलाई खुसी हुँदै सेयर गरेका छन् । ‘एन्टी हिरो’ मा सदाबहार अभिनेता भुवन केसी भिलेनको क्यारेक्टरमा प्रस्तुत हुँदैछन् । सुपर काजोल फिल्म्सको व्यानरमा निर्माण गर्ने गरी बिकास बोर्डमा पुगेर आज यो टाइटलमा फिल्म दर्ता गरिएको हो । तिहार चाड पश्चात छायांकन प्रारम्भ गरिने फिल्मको अन्य कलाकार छनोट गर्न बाँकी छ । फिल्मको कास्ट एण्ड क्रिउ छिट्टै सार्वजनिक गरिने नायक अनमोल केसीले फिल्मीकुरालाई जानकारी दिएका छन् ।

उनको पछिल्लो रिलिज चलचित्र ‘ए मेरो हजुर ३’ ले दर्शकको मन राम्रैसँग जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)