जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर


Filmy Kura, Aug 18, 2019 at 3:56 pm


सीबी माउन्ट फ्रेमिङ सेन्टर प्रा.लि.को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौं बुद्धनगरमा रहेको यो फ्रेम हाउसको आइतबार एक कार्यक्रमका बीच हिमाली भेगको दृश्य कैद गरेर ख्याति कमाएका फोटोग्राफर जगदिश तिवारीको हातबाट रिबन काट्दै औपचारिक शुभारम्भ गरिएको हो ।

लामो समयदेखि फोटाग्राफी गर्दै आइरहेका च्याङ्बा लामाले सञ्चालनमा ल्याएको सीबी माउन्ट फ्रेम हाउसको ओपनिङमा जगदिश तिवारी सहित फोटोग्राफर बिकास रौनियार, राजन काफ्ले, हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, चलचित्र द्धन्द निर्देशक योगेन्द्र श्रेष्ठ, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, कलाकार अनुपम श्रेष्ठ, गायिका अर्पणा श्रेष्ठ लगायतका व्यक्तित्व उपस्थित थिए । फ्रेम हाउस शुभारम्भ समारोहमा सञ्चालक च्याङ्बाले सीबी माउन्ट फ्रेमको ब्राण्ड एम्बेसडर समेत घोषणा गरे । कलाकार अनुपम श्रेष्ठलाई उनले ब्राण्ड एम्बेसडरको रुपमा घोषणा गरेका हुन् । यो फ्रेम हाउसमा झण्डै ४० प्रकारका विभिन्न आकर्षक फ्रेमहरु उपलब्ध छ ।


सञ्चालक लामाले फिल्मीकुरासँग संवाद गर्दै भने, ‘यो पेशामा सम्भावना भन्दा चुनौती धेरै छ । अचेल त फ्रेम युज गर्ने परिपाटी बिस्तारै घट्दै गएको छ । पहिला पहिला फ्रेम बनाउदा काटी किला हातैले ठोक्नुपर्ने बाध्यता थियो तर अहिले सबै मेसिनबाट फिट गर्न मिल्छ ।’ उनले यो फ्रेम हाउसमा १ करोड लगानी लागेको बताए । आज औपचारिक शुभारम्भ गरेपनि वर्षदिन यता उनले यस फ्रेम हाउसबाट सेवा प्रदान गर्दै आइरहेका थिए । यसक्रममा जिल्ला बाहिरबाट समेत फ्रेमको अर्डर आउने गरेको उनको कथन छ । २०५२ सालबाट च्याङ्बाले फोटोग्राफी सुरु गरेका थिए । राजिब श्रेष्ठबाट फोटोग्राफीको तालिम लिएर फोटो खिच्न सुरु गरेका उनले यो बीचमा थुप्रै सेलिब्रेटीको सुन्दर फोटो कैद गरिसकेका छन् । नेपाल मै नयाँ नयाँ डिजाइनका फ्रेम आफूले सीबी माउन्टमा तयार गर्ने गरेको सञ्चालक लामाको भनाइ छ । उनले यो फ्रेम हाउसमा ८ जनालाई रोजगारी समेत दिएका छन् । फ्रेमको डिजाइन कै कारण चरिकोट, भरतपुर, ओखलढुङ्गा र भारतको सिमाना सम्मबाट आफूलाई फ्रेमको अर्डर आउने गरेको उनको तर्क छ ।


सीबी माउन्ट फ्रेमिङ सेन्टरमा १५ हजार सम्मको फ्रेम उपलब्ध रहेको छ । एउटै फ्रेमलाई १५ हजार सम्म तिर्नी ग्राहक भने कम भेटिएको उनको भनाइ छ । यदि अर्डर आएमा यो भन्दा बढी मूल्यको समेत फ्रेम डिजाइन गर्न सकिने सञ्चालक लामाले बताए । आगामी दिनमा अझ यूनिक फ्रेम बनाउदै जाने प्रतिबद्धता व्यक्त गरे । उनले अन्त्यमा चलचित्र क्षेत्रका सेलिब्रेटीजलाई एकपटक फ्रेम हाउसको अवलोकन गरिदिन समेत आह्वान गरे ।

सोही समारोहमा उनले आफ्नो छोराको जन्मदिन समेत केक काट्दै सेलिव्रसेन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

फिल्म गोर्खेको गीत रिलिज (भिडियो सहित)
मारुनीको एक साताको कमाई यस्तो, स्टारकास्ट भन्दा कन्टेन्टमा दर्शकको विश्वास
सौगात-श्रृष्टि स्टारर पोइ पर्‍यो काले फिल्मको शीर्ष गीत रिलिज (भिडियो)
नायक किशोरको एक्सनले भरिएको शिवा ट्रेलर सार्वजनिक (भिडियो)