चलचित्र जीवन काँडा कि फूलको ट्रेलर सार्वजनिक, कात्तिकमा प्रदर्शन हुने


Filmy Kura, Aug 27, 2019 at 6:12 pm


साहित्यकार झमक कुमारीको बायोपिक चलचित्र ‘जीवन काँडा कि फूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको १ मिनेट ३९ सेकेण्डको ट्रेलर रिलिज गरिएको हो ।

झमक घिमिरेको कथामा मुक्तिनाथ बरालको संवाद रहेको चलचित्रको ट्रेलरमा झमकले बाल्यकालमा परिवारबाटै अपहेलित हुनुपरेको घटना कक्रमलाई मुख्य रुपमा जोड दिइएको छ । चलचित्रलाई विनोद विष्टले निर्माण तथा निर्देशन गरेका हुन् । उनले समारोहलाई सम्बोधन गर्दै भने, ‘कृति माथि फिल्म बनाउनु आफैमा चुनौती रहेछ । किताब पढिसकेका व्यक्तिले त यो ठाउँमा यस्तो कमी देखियो भनेर तुरुन्तै कमी कमजोरी थाहा पाइहाल्ने । कृतिलाई जिवन्त तुल्याउन पर्दामा हामीले धेरै मिहेनत गरेर सानो सानो कुरामा पनि ध्यान दिएका छौ ।’ यो चलचित्र आगामी कात्तिक २२ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । कृति माथि चलचित्र बनेपनि व्यवसायिक रुपमा सफल हुन नसकेको प्रति इङ्कित गर्दै लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाले यो फिल्मको पूर्ण सफलताको काम गरे । चलचित्रमा किशान सुनार, सारिका घिमिरे, उमा वेवी लगायतका कलाकारको अभिनय रहेको छ ।

बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट ट्रेलर रिलिज गरिएको हो । चलचित्रमा कमल राईको नृत्य निर्देशन, प्रकाश शिवाकोटीको संगीत, शिव ढकालको छायांकन, तथा तारा थापा किम्भेको सम्पादन रहेको छ । बद्री चौहान र उमेश सुवेदी कार्यकारी निर्माता रहेको फिल्मको ट्रेलर रिलिज समारोहमा पत्रकार शान्तिप्रिय, विजयरत्न तुलाधर लगायतका व्यक्तित्व उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

फिल्म गोर्खेको गीत रिलिज (भिडियो सहित)
मारुनीको एक साताको कमाई यस्तो, स्टारकास्ट भन्दा कन्टेन्टमा दर्शकको विश्वास
सौगात-श्रृष्टि स्टारर पोइ पर्‍यो काले फिल्मको शीर्ष गीत रिलिज (भिडियो)
नायक किशोरको एक्सनले भरिएको शिवा ट्रेलर सार्वजनिक (भिडियो)