दर्शक प्रतिक्रिया बुझ्न हल पुगे साम्राज्ञी-पुष्प, शनिबार उत्साहप्रद व्यापार


Filmy Kura, Aug 31, 2019 at 7:20 pm


शुक्रबार देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘मारुनी’ को दर्शक प्रतिक्रिया बुझ्न शनिबार काठमाडौंको चावहिलमा अवस्थित गोपीकृष्ण हलमा कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्कासँगै मारुनी यूनिट पुगेको छ । साम्राज्ञी–पुष्पसँगै फिल्मकी निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल, डेब्यु नायिका रेविका गुरुङ हल पुगेका हुन् ।


फिल्म हेर्ने अधिकांश दर्शकले आफ्नो क्यारेक्टरलाई मन पराएको नायिका साम्राज्ञीले फिल्मीकुरालाई बताइन् । यता पुष्पले शुक्रबारको तुलनामा शनिबार दर्शक संख्या बढेको भन्दै खुसी व्यक्त गरे । उनले आफ्नो तर्फबाट गरेको मिहेनतले सार्थकता पाएको भन्दै दर्शकलाई फिल्म हेरिदिन आग्रह गरे । यता डेब्यु एक्ट्रेस रेविकाले पहिलो फिल्ममा कमी कमजोरी हुन सक्ने भन्दै आगामी दिनमा त्यसलाई सुधार्दै अघि बढ्ने बताइन् । निर्मात्री पुनम भने शनिबार हलमा दर्शक संख्या बढेकोमा खुसी मुद्रामा देखिइन् । ‘मारुनी’ सँग साउथ इन्डियन स्टार प्रभाषको ‘साहो’ एकसाथ प्रदर्शनमा आएको थियो । मल्टिप्लेक्समा अत्याधिक शो भारतीय चलचित्रले पाउँदा ‘मारुनी’ लाई असर गर्ने आंकलन गरिएको थियो । यद्धपि ‘साहो’ समिक्षक तथा दर्शकबाट त्यति रुचिकर सावित भएन । यसअर्थ ‘मारुनी’ लाई मल्टिप्लेक्समा शो थपिने प्रवल सम्भावना छ । सिंगल थिएटरमा भने दर्शकले ‘मारुनी’ लाई निकै रुचाएका छन् । फिल्मका निर्देशक नवल नेपालले वर्ड अफ माउथले आइतबार देखि नतिजा दिने विश्वास व्यक्त गरे ।

पुनम इन्टरटेन्मेन्ट प्रस्तुत ‘मारुनी’ मा गोविन्द फुयाँल र नवल नेपालको लेखन, सञ्जय लामाको छायांकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

फिल्म गोर्खेको गीत रिलिज (भिडियो सहित)
मारुनीको एक साताको कमाई यस्तो, स्टारकास्ट भन्दा कन्टेन्टमा दर्शकको विश्वास
सौगात-श्रृष्टि स्टारर पोइ पर्‍यो काले फिल्मको शीर्ष गीत रिलिज (भिडियो)
नायक किशोरको एक्सनले भरिएको शिवा ट्रेलर सार्वजनिक (भिडियो)