रातो टीका निधारमाको ट्रेलर रिलिज, वैदेशिक रोजगारको कथा (भिडियो)


Filmy Kura, Sep 3, 2019 at 6:12 pm


चलचित्र ‘रातो टीका निधारमा’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । वैदेशिक रोजगारको कथावस्तु माथि निर्माण गरिएको यो फिल्मको ट्रेलर मंगलबार डिजिटल पार्टनर ओ.एस.आर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

घरदेश छोडी रोजगारीको लागि परदेश जानु पर्ने बाध्यात्मक स्थिती चित्रण गरिएको ट्रेलरमा कमेडी र लभको समेत समिश्रण छ । आगामी दशै अर्थात असोज १० गतेलाई प्रदर्शन मिति तय भएको यो चलचित्रलाई अशोक शर्माले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, नीता ढुंगाना, खुश्वु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, शिवहरि पौडेल, राजाराम पौडेल लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । यसै फिल्मबाट अंकित हिरोको रुपमा उदाएका छन् जो यो चलचित्रका निर्देशक अशोकका आफ्नै पुत्र हुन् ।

चलचित्र ‘अल्लारे’ मा समावेश ‘रातो टीका निधारमा’ बोलको गीतलाई रिमेक गर्दै यो चलचित्रमा राखिएको छ । शम्भुजित बास्कोटा संगीतबद्ध रिमेक भर्सनमा भने प्रमोद खरेल र मेलिना राईको आवाज रहेको छ । यस अघि फिल्मको ‘मेरो माया के हो’ बोलको गीतलाई भने दर्शकले १६ लाख भन्दा बढी पटक युट्युबमा हेरिसकेका छन् । ए ए ग्रुप अफ कम्पनिज् प्रस्तुत यो चलचित्रमा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ । पुरुषोत्तम प्रधानको छायांकनमा मित्र डि गुरुङ सम्पादित फिल्ममा कल्याण सिंहको संगीत संयोजन तथा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

माछा माछा फिल्मको म्याडम गीत रिलिज (भिडियो)
दि कर्मा माघ १७ मा प्रदर्शन हुने
सेल्फी किङको फस्टलुक सार्वजनिक, विपिनको गाजले अवतार
१२ सत्ताईस फिल्मको ट्रेलर रिलिज, पैसाको लागि दौडिने युवाको कथा पर्दामा (भिडियो)