नायक किशोरको एक्सनले भरिएको शिवा ट्रेलर सार्वजनिक (भिडियो)


Filmy Kura, Sep 3, 2019 at 6:34 pm


नायक किशोर खतिवडा एक्सन हिरोले चिनिन्छन् । अभिनेत्री रेखा थापासँग एकसाथ काम गरेपछि यि हिरोको चर्चा अझ चुलियो । थुप्रै फिल्ममा काम गरेका किशोरको पछिल्लो रिलिज पाइप लाइनमा रहेको चलचित्र हो ‘शिवा’ ।

चलचित्र ‘शिवा’ को मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको छ । हिमश्री फिल्मस् प्रा.लि.को लागि ज्याक श्रेष्ठ प्रस्तुत यो चलचित्रमा किशोर खतिवडा, संचिता लुँईटेल, ज्याक श्रेष्ठ, निरज महर्जन, होम दवाडी, पूर्णिमा लामा, सम्भु गहतराज लगायतका कलाकारको अभिनय रहेको छ । पारिवारिक सामाजिक प्रेमकथामा आधारित ‘शिवा’ लाई रामकाजी घिमिरेले लेखन तथा निर्देशन गरेका हुन् । ट्रेलर रिलिज समारोहमा फिल्मका लिड एक्टर भने अनुपस्थित रहे । मदन खत्रि र शुकराज बिक निर्मित यो चलचित्रमा सम्राट बस्नेतको द्धन्द, विरेन्द्र भट्टको छायांकन तथा राजु ढुंगानाको सम्पादन रहेको छ ।

चलचित्रको रिलिज मिति भने तय हुन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

माछा माछा फिल्मको म्याडम गीत रिलिज (भिडियो)
दि कर्मा माघ १७ मा प्रदर्शन हुने
सेल्फी किङको फस्टलुक सार्वजनिक, विपिनको गाजले अवतार
१२ सत्ताईस फिल्मको ट्रेलर रिलिज, पैसाको लागि दौडिने युवाको कथा पर्दामा (भिडियो)