सौगात-श्रृष्टि स्टारर पोइ पर्‍यो काले फिल्मको शीर्ष गीत रिलिज (भिडियो)


Filmy Kura, Sep 8, 2019 at 5:08 pm


कलाकार सौगात मल्ल र श्रृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘पोइ पर्‍यो काले’ को पहिलो गीत रिलिज गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

रोमान्टिक गीतमा अन्जु पन्त र रामचन्द्र काफ्लेले स्वर दिएका छन् । नृपेश उप्रेतीको शब्दमा अर्जुन पोखरेलले मिठास पूर्ण संगीत भरेका छन् । निकै साज सज्जा सहित सुट गरिएको भिडियोमा सौगात–श्रृष्टि सहित आकाश श्रेष्ठ, पूजा शर्मा, सुरक्षा पन्त र सोहित मानन्धरलाई फिचर गरिएको छ । यि चारको मुख्य भूमिका फिल्ममा रहेको छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतमा सौगात र पूजा जोडीको रुपमा देखिएका छन् । रेड बर्ड प्रोडक्सनका लागि किरण नेपाली प्रस्तुत यो चलचित्रलाई शिशिर राणाले लेखन तथा निर्देशन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै लेखक तथा निर्देशक राणो फिल्म रमाइलो तथा सन्देशमूलक बनेको दाबी गरे । सोसियल ड्रामामा आधारित यो चलचित्र दर्शकलाई मन पर्ने उनको विश्वास थियो । यता कलाकार श्रृष्टिले पोइ शब्द झट्ट सुन्दा नेगेटिभ जस्तो लागेपनि गलत अर्थले नबुझिन दिन आग्रह गरिन् । उनले श्रीमान वा पोइ भन्दा इन्टेन्शन गलत राखियो भने जति सुकै राम्रो शब्द प्रयोग भएपनि खराबै हुने भन्दै हेर्ने नजर सुरुमा राम्रो हुनुपर्ने बताइन् । कलाकार सौगातले फिल्ममा आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास भरमग्दुर गरेको सुनाए । निर्माता किरणले पैसा कमाउनको लागि भन्दा पनि राम्रो कन्टेन्ट भएकाले लगानी गरेको भन्दै सिनेमा दर्शकलाई चित्त बुझ्ने भनाइ राखे ।

किरणसँगै फिल्ममा राजिव गुरुङ ‘दीपक मनाङ्गे’, सरोज नेपाली र अमला देवी राईको लगानी रहेको छ । शिव ढकालको छायांकनमा तारा थापा किम्भे सम्पादित यो चलचित्र आगामी दीपावली अर्थात कात्तिक ८ गतेबाट सिनेमा घरमा प्रदर्शन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज
मायालु प्रेम एक्सन अवतारमा, प्रेमगीत ३ टिजर रिलिज (भिडियो)
‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ
पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)