मारुनीको एक साताको कमाई यस्तो, स्टारकास्ट भन्दा कन्टेन्टमा दर्शकको विश्वास


Filmy Kura, Sep 8, 2019 at 6:34 pm


चलचित्र ‘मारुनी’ यतिबेला दोस्रो सातामा प्रदर्शन भइरहेको छ । दर्शकलाई चासो फिल्मले पहिलो साता कति कलेक्शन गर्न सफल रह्यो भन्नेमा छ ।

यसैबीच, निर्माण यूनिटले फिल्मको पहिलो साताको ग्रस कलेक्शन सार्वजनिक गरेको छ । पहिलो सातामा नेपालभरबाट जम्मा १ करोड ८५ लाख रुपैयाँ फिल्मले कलेक्शन गरेको निर्मात्री पुनम गौतमले जानकारी दिएकी छिन् । उनले फिल्मीकुरासँग संवाद गर्दै भनिन्, ‘साहो जस्तो ठूलो बलिउडको फिल्मको कारण मारुनी चेपुवामा पर्न गयो । मल्टिप्लेक्समा पर्याप्त शोज पाइएन तथापी फिल्मको उपत्यकाबाट १ करोड २० लाख र मोफसलबाट ६५ लाख कलेक्शन भएको छ ।’ उनले फिल्मको लगानी १ करोड माथि रहेको भन्दै दोस्रो साता सम्मको टोटल कलेक्शनबाट बल्ल आफू सेफमा रहने सम्भावना देखिएको बताइन् ।


फिल्मको कन्टेन्ट दरिलो भएका कारण दोस्रो सातामा समेत दर्शक हल आउने बातावरण बनेको उनको दाबी थियो । यो चलचित्र स्टारडम र स्टारकास्टको कारण चलेको नभई कन्टेन्ट मन परेकाले दर्शकले साथ दिएको निर्मात्री पुनमको बुझाई छ । यस अघि ‘अझै पनि’ निर्माण गरेकी पुनमले उक्त चलचित्र पछि केही समय ग्याप लिएर ‘मारुनी’ बनाएकी थिइन् । यो बीचमा राम्रो टिम छनोट गरेर स्क्रिप्ट देखि अन्य प्राविधिक पक्षमा उनले निकै मिहेनत गरेकी थिइन् ।

नवल नेपाल निर्देशित ‘मारुनी’ मा पुष्पल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

माछा माछा फिल्मको म्याडम गीत रिलिज (भिडियो)
दि कर्मा माघ १७ मा प्रदर्शन हुने
सेल्फी किङको फस्टलुक सार्वजनिक, विपिनको गाजले अवतार
१२ सत्ताईस फिल्मको ट्रेलर रिलिज, पैसाको लागि दौडिने युवाको कथा पर्दामा (भिडियो)