फिल्म धुपौरेमा अनमोल अनुबन्ध, साम्तेनले निर्देशन गर्ने


Filmy Kura, Sep 24, 2019 at 3:13 pm


युवा स्टार अनमोल केसी चलचित्र ‘धुपौरे’ मा अनुबन्ध भएका छन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको यो चलचित्रमा मुख्य कलाकारको रुपमा हाल अनमोल मात्र चयन भएका हुन् । उनको अपोजिटमा को रहने भन्ने हाल टुङ्गो लागिसकेको छैन ।


रुपेन्द्र खड्की प्रस्तुत ‘धुपौरे’ लाई जयन श्रेष्ठले निर्माण गर्न लागेका हुन् । जे.एस इन्टरटेन्मेन्ट र फिल्मस् नेपाल प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सन् २०२० मा रिलिज गरिने लक्ष्य राखिएको छ । निर्देशक भुटियाले यस अघि ‘साढे सात’ र ‘तान्द्रो’ निर्देशन गरेका थिए । समिक्षकबाट राम्रै चर्चा बटुलेपनि फिल्म भने व्यवसायिक रुपमा असफल सावित भएको थियो । यता निर्माता जयनले ‘किङ्ग’ निर्माण गरेका थिए । निखिल उप्रेतीलाई लिएर बनाइएको उक्त चलचित्रपनि व्यवसायिक रुपमा सफल हुन सकेन । जयन र साम्तेन मिलेर अनमोललाई लिई निर्माण गर्न लागिएको ‘धुपौरे’ कस्तो बन्ने हो कौतुहलता थपिएको छ । यता नायक अनमोलको पछिल्लो रिलिज फिल्म ‘ए मेरो हजुर ३’ हो जून चलचित्रले राम्रो विजनेश गर्न सफल भएको थियो । त्यस यता उनले निर्माण हुने चलचित्र ‘एन्टी हिरो’ मा काम गर्ने पक्का भइसकेको छ भने उनको अर्को ग्राण्ड प्रोजेक्टको रुपमा ‘धुपौरे’ रहने छ ।

यस चलचित्रमा अन्य कलाकार तथा प्राविधिक को–को रहने भन्ने विषयमा भने फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा जानकारी दिइने निर्माण पक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

फिल्म घामड शेरेको ट्रेलर रिलिज, पर्दामा निश्चल-स्वस्तिमा साली-भेना
देशभरका हल-हलमा : छ माया छपक्कै
छ माया छपक्कैको प्रमोशनल गीत रिलिज, दुर्गेशले दीपालाई के भने यस्तो ? (भिडियो)
१३८ पर्दामा रातो टीका निधारमा प्रदर्शन, फस्र्ट शोमा यस्तो प्रतिक्रिया