१३८ पर्दामा रातो टीका निधारमा प्रदर्शन, फस्र्ट शोमा यस्तो प्रतिक्रिया


Filmy Kura, Sep 27, 2019 at 1:27 pm


नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै असोज १० अर्थात आज देखि नेपाली कथानक चलचित्र ‘रातो टीका निधारमा’ प्रदर्शनमा आएको छ । फिल्मका लेखक, निर्देशक तथा निर्माता अशोक शर्माले देशभरका १३८ पर्दामा यो चलचित्र सार्वजनिक प्रदर्शनमा आएको बताए ।

काठमाडौंको कुमारी सिनेमा हलमा रिलिजको पहिलो दिन पहिलो शोमा फिल्म यूनिटले दर्शक तथा सञ्चारकर्मीसँग एकसाथ बसेर ‘रातो टीका निधारमा’ फिल्म हेरेका थिए । फिल्मका शीर्ष कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, लक्ष्मी गिरी लगायतका कलाकार उक्त शोमा उपस्थित थिए । फिल्म हेरिसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै नायिका साम्राज्ञीले पहिलो पटक आफूले गाउले परिवेशको जीवनशैली माथि पर्दामा अभिनय गरेको बताइन् । हलो जोतेको सिन देखि गाई बाख्रा पालन सम्मको सिनमा साम्राज्ञी प्रस्तुत भएकी छिन् । उनले दर्शकलाई यो चलचित्रले मनोरञ्जनसँगै सन्देशपनि दिने बताइन् । उनले कथावस्तु र स्क्रिप्ट मनपरेको खण्डमा जस्तो सुकै चरित्रपनि बहन गर्न पछि नपर्ने तर्क गरिन् । सम्पूर्ण नेपालीलाई विजया दशमीको शुभकामना दिदै उनले यो फिल्म हेर्न आग्रह गरिन् । यता डेव्यु हिरो अंकितले चलचित्र गर्दा धेरै अनुभव संगालेको बताउँदै मनमा डर र खुसी दुवै भएको भनाइ राखे । उनले आफू नयाँ भएकाले दर्शकले कसरी लेलान भन्ने कुराले सताएको बताए । तथापी आफ्नो फिल्म आफैले दर्शक भएर हेर्दा मज्जा लागेको बताए । बुद्धि तामाङ र रविन्द्र झाको क्यारेक्टरले फिल्म हेरुन्जेल हासो प्रदान गरेको भन्दै सुटिङमा समेत निकै रमाइलो भएको स्मरण गरे । आगामी दिनमा अझ सिक्दै अगाडि बढ्ने भन्दै उनले फिल्म हेरेर प्रतिक्रिया दिन अनुरोध गरे । उता कलाकार रविन्द्र झाले भने, ‘फिल्मको डबिङ गर्दा कस्तो होला भन्ने लागेको थियो । हलमा हेर्दा त सबैको काम उत्तिकै राम्रो लाग्यो । भतिज अंकितको अभिनय नि तारिफ योग्य छ । उनको फिल्म क्षेत्रमा भविष्य राम्रो हुन्छ भन्नेमा म आशावादी छु ।’

फिल्मका क्याप्टेन अशोक शर्माले आफूले यो पटक फिल्ममा मनोरञ्जनसँगै सन्देश दिन खोजेको बताए । कृषि क्रान्ति मार्फत नेपालमा वैदेशिक रोजगारका लागि खाडी जाने युवाको जमातलाई रोक्न सकिने भन्दै उनले आफ्नै देशमा पौरख गर्न सकिन्छ भन्ने फिल्म मार्फत देखाएको भनाइ राखे । यतिमात्र होइन फिल्मको अन्तिममा उनले अर्को सालको बडा दशैंमा अर्को फिल्म ल्याउने गरी टाइटल हाइलाइट गरेका छन् । अर्को बडा दशैंमा उनले ‘अल्लारे २’ नामक फिल्म ल्याउने संकेत गरेका हुन् । तर यो फिल्मको अहिले थिम मात्र तयार भएको र लेखन कार्य बाँकी रहेकाले को को कलाकार रहने भन्नेबारे भने टुंगो नलागेको बताए । ‘जय भोले’ निर्माण निर्देशनबाट पुनरागमन गरेका अशोकले वर्षको एउटा फिल्म आफ्नै व्यानरबाट दर्शकमाझ पस्किरहेका छन् । ‘कबड्डी कबड्डी कबड्डी’ ले व्यापारमा कतिको असर गर्ला त भन्ने प्रश्नमा उनले थपे, ‘त्यो फिल्म ब्राण्ड भ्यालु भएको फिल्म हो । पहिलो साता राम्रो चल्यो । हाम्रो पनि कन्टेन्ट बलियो छ । उक्त फिल्म हेरेकाले मेरो फिल्म हेर्छन् मेरो फिल्म हेरेकाले कबड्डी हेर्लान् भन्ने लाग्छ ।’

एए ग्रुप अफ कम्पनीज् प्रस्तुत ‘रातो टीका निधारमा’ साम्राज्ञी, अंकित, बुद्धि, रविन्द्रको अलवा शिवहरि पौडेल, नीता ढुंगाना, खुश्वु खड्का, लक्ष्मी गिरी, अरुना कार्की, बसुन्धरा भुषाल, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मीको अभिनय रहेको छ । कलाकार गजित विष्ट र अर्जुन श्रेष्ठको विशेष भूमिका रहेको फिल्म काठमाडौं र झापामा सुट गरिएको हो । किरण शर्मा र कृति शर्माको लगानी रहेको यस फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मित्र डि गुरुङको सम्पादन तथा कल्याण सिंह र शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । फिल्मको गीतमा बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।

फिल्म हेर्नेले मिश्रित प्रतिक्रिया दिएका छन् :-


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

माछा माछा फिल्मको म्याडम गीत रिलिज (भिडियो)
दि कर्मा माघ १७ मा प्रदर्शन हुने
सेल्फी किङको फस्टलुक सार्वजनिक, विपिनको गाजले अवतार
१२ सत्ताईस फिल्मको ट्रेलर रिलिज, पैसाको लागि दौडिने युवाको कथा पर्दामा (भिडियो)