छ माया छपक्कैको प्रमोशनल गीत रिलिज, दुर्गेशले दीपालाई के भने यस्तो ? (भिडियो)


Filmy Kura, Sep 27, 2019 at 3:29 pm


चलचित्र ‘छ माया छपक्कै’ को प्रमोशनल गीत रिलिज गरिएको छ । शुक्रबार दुर्गेश थापा युट्युब च्यानलबाट फिल्मको प्रमोशनल गीत सार्वजनिक गरिएको हो ।

लोक तथा दोहोरी गीतका मोडल तथा गायक दुर्गेश थापाले यसै साल तीजमा निकालेको गीत ‘बीच बीचमा’ हिट भएपछि त्यहि गीतमा नयाँ शब्द थपेर ‘छ माया छपक्कै’ यूनिटले भिडियो तयार पारेको हो । जून गीतमा दुर्गेश थापा, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, दीपाश्री निरौला लगायत फिचर छन् । ‘बीच बीचमा’ गीत भाइरल भएर सबैको मुखमा झुन्डिएका कारण पनि फिल्मलाई यसले थप प्रचारमा सघाउ पुग्नेमा दुईमत छैन ।

यहि असोज २४ गतेबाट यो चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मले प्रेममा राजनीतिक प्रभाव कस्तो हुन्छ भन्ने देखाउन खोजेको छ । दशैं लक्षित गर्दै रिलिज हुन चाहेपनि फिल्म पछाडि धकेलिएको हो । रोहित अधिकारीले निर्माण गरेको यो चलचित्रलाई पत्रकार तथा समिक्षक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा समावेश ‘जुनको जुनेली’ गीतपनि दर्शकले मन पराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

फिल्म घामड शेरेको ट्रेलर रिलिज, पर्दामा निश्चल-स्वस्तिमा साली-भेना
देशभरका हल-हलमा : छ माया छपक्कै
१३८ पर्दामा रातो टीका निधारमा प्रदर्शन, फस्र्ट शोमा यस्तो प्रतिक्रिया
फिल्म धुपौरेमा अनमोल अनुबन्ध, साम्तेनले निर्देशन गर्ने