हिट सिरियलको नाममा फिल्म निर्माण गर्दै सन्तोष पन्त, छोरा निर्देशक


Filmy Kura, Oct 18, 2019 at 6:54 pm

‘हिजो आजका कुरा’ कुनै समयको हिट टेलि सिरियल । अब यहि नाममा पन्त प्रोडक्सनले फिल्म निर्माण गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बरिष्ठ हास्यकलाकार सन्तोष पन्तले यो नाममा फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् ।

कमेडी तथा सोसियल ड्रामामा आधारित यस चलचित्रलाई बरिष्ठ कलाकार सन्तोषका छोरा साकार पन्तले निर्देशन गर्नेछन् । कात्तिक २३ गतेबाट छायांकन प्रारम्भ हुने यस फिल्मलाई रवि सायमीले खिच्नेछन् । फिल्म निर्माण घोषणा कार्यक्रममा काष्ट एण्ड क्रिउलाई चिनाइएको थियो । काठमाडौंमा अवस्थित चार परिवारहरुको कथामा यो फिल्म केन्द्रित हुनेछ । चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइकेल, अनुष्का अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ ।


वैदिशक रोजगारको क्रममा हुने विभिन्न भोगाईलाई चलचित्रमा हास्यास्पद तरिकाले प्रस्तुत गरिने निर्देशक पन्तले समारोहमा बताए । सन्तोष पन्तको कथामा सन्दीप किस्नाको लेखन रहेको यस फिल्मलाई विनय कंसाकारले सम्पादन गर्नेछन् । चितवन र काठमाडौंमा छायांकन गरिने यस फिल्ममा वैकुण्ठ प्रसाद उपाध्याय सह निर्माताको रुपमा रहेका छन् ।

झण्डै १८ वर्ष निरन्तर प्रसारणमा आएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ ले उतिबेला निकै लोकप्रियता कमाएको थियो । हेरौ उहि नाममा बन्न लागेको फिल्मले कतिको दर्शक रिझाउन सक्ला त्यो भने रिलिज डेट सम्म कुर्नैपर्ने हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज
मायालु प्रेम एक्सन अवतारमा, प्रेमगीत ३ टिजर रिलिज (भिडियो)
‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ
पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)